आउने चुनाबमा काग्रेसलाई जिताउने मुख्य कार्यभार-सभापति गर्बुजा

Sinchai Khanipani notice

बेनी । नेपाली काग्रेस म्याग्दीको दोस्रो कार्यकालका लागि सभापतिमा निर्बाचित खमबहादुर गर्बुजा (खम्बिर)ले आन्तरिक एकतालाई बलियो बनाउदै आगामी चुनावमा म्याग्दीमा काँग्रेसलाई बिजयी गराउने उद्घोष गर्नुभएको छ ।

शनिबार पद तथा गोपनियताको सपथ लिदै सभापति गर्बुजाले अग्रज नेताहरुलाई समेट्दै, आन्तरिक एकतालाई बलियो बनाएर आगामी स्थानीय तह, प्रदेश र संघीय चुनावमा काँग्रेसलाई बिजयी बनाउन आफ्नो कार्यसमितिको प्रमुख कार्यभार भएको बताउनुभयो ।

आफूलाई निर्बिरोध बनाउन सहयोग गर्ने नेता कार्यकर्ताहरुलाई धन्यवाद दिदै सभापति गर्बुजाले चुनावको प्रजातान्त्रिक अभ्यास गर्दा कार्यसमितिमा अटाउन नसकेका नेताहरुलाई पनि समेटेर अघि बढ्ने बताउनुभयो ।

Shreekrishna hardwear in news

बैठक र भेटमा सुझाव र आलोचनाको सबै स्वागत गर्ने तर चोक, चियापसलमा कुरा काट्दै हिड्दा पार्टीलाई हानी गर्ने भन्दै सभापति गर्बुजाले नेता कार्यकर्ताहरुलाई सचेत बनाउनुभयो ।

बेनीमा शनिबार सकिएको सातौ जिल्ला अधिबेशनमा जिल्ला सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) निर्बिरोध भएपनि उपसभापति, सचिब, सहसचिब, सदस्य र महाधिबेशन प्रतिनिधीहरुका लागि बिहिबार मतदान भएको थियो ।

उपसभापतिमा हरिकुमार श्रेष्ठ र कर्णबहादुर भण्डारी (केबी), सचिबमा हिराबहादुर पुन र भरत रकाल, सहसचिबमा श्रीराम पौडेल र धु्रुबराज कार्की निर्बाचिन हुनुभएको निर्बाचन अधिकृत निरञ्जन राजभण्डारीले बताउनुभयो ।

४५ वटा वडाको अधिबेशनबाट चयन भएका ७३५ जना प्रतिनिधी मध्य ७१२ जनाले मतदान गरेका थिए । उपसभापतिमा बिजयी बेनी नगरपालिकाका प्रमुख समेत रहनुभएका श्रेष्ठले ३५४ र भण्डारीले ३७९ मत प्राप्त गर्नुभएको छ । उपसभापतिका प्रत्यासी डमबहादुर पुनले २३८, माधबप्रसाद रेग्मीले ९९, भिमबहादुर कार्कीले ८६ र कमल छन्त्यालले ८६ मत प्राप्त गर्नुभयो ।

Bhautik ministry notice about road

यसअघिको कार्यसमितिमा रेग्मी उपसभापति, कार्की सचिब, छन्त्याल प्रदेश क्षेत्र (ख)को सभापति र अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष पुन महाधिबेशन प्रतिनिधी हुनुहुन्थ्यो । सचिबमा निर्बाचित पुनले ३६९ र रकालले ३५७ मत प्राप्त प्राप्त गर्नुभयो ।

सचिबका प्रत्यासी अजयमिलन श्रेष्ठले ३५३ र दुर्गाराम सुबेदीले १५६ मत प्राप्त गर्नुभएको छ । सहसचिबमा निर्बाचित कार्कीले ४०५ र पौडेलले ३८७ मत ल्याउँदा अर्का प्रत्यासी कमल उपाध्यायले २३१ मत पाउनुभयो ।

महाधिबेशन प्रतिनिधीमा चिरञ्जबी शर्मा, जिबनकुमार मल्ल, धनबहादुर छन्त्याल, बिक्रम बोगटी, नेत्रबहादुर महत, रेशमबहादुर बानिया, मुकुन छन्त्याल, रेशमबहादुर बानिया, बिपिन खड्का, शिब केसी, श्रीप्रसाद रोका, चित्रबहादुर केसी, बलभद्र ढकाल, ओमकुमारी फगामी, पुनमकुमारी खोरजा, बिमला गौचन, खिमकुमारी पुर्जा, देबीकुमारी बुढा, धनकुमारी थापा, दिपेन्द्र श्रेष्ठ, बमबहादुर पुन र भिमबहादुर रोका, मनकुमारी बिक, यामबहादुर हर्मेल, अन्जित खान र सुरेन्द्र खत्री निर्बाचित हुनुभएको छ ।

सदस्यहरुमा मनकुमारी तुलाचन, रुद्रप्रसाद शर्मा, लिलाबहादुर बानिया, अमृता भण्डारी, मनबहादुर शेरपुञ्जा, पुष्पा बानिया बरुवाल, गमबहादुर फगामी पुन, मनरुपा पुन, चमु पुन, युगकुमारी सेन, पुस्करबहादुर पुन, रामदेबी पुन, काजीमान रोका, लक्ष्मीकुमारी केसी, सम्मरबहादुर थापा, तुलसीदेबी पुर्जा, ललिता तिलिजा, पुर्णबहादुर तिलिजा पुन, बिलबहादुर फगामी, सम्झना परियार, बालकुमार लामिछाने र अमृतमान शेरचन निर्बाचित हुनुभएको छ ।

खम्बिर गर्बुजा लगातार दोस्रो कार्यकालका लागि काँग्रेसको जिल्ला सभापति निर्बिरोध निर्बाचित हुनुभएको हो । बेलायती गोर्खा सैनिकका सेवानिबृत्त गर्बुजा बि.स. २०७० र २०७४ को संसदीय निर्बाचनमा नेपाली काँग्रेसबाट उमेद्वार बनेर पराजित हुनुभएको थियो ।

यसअघिको कार्यकालमा नेत्रबहादुर महतसँग चुनाब लडेका गर्बुजा दोस्रो पटक सर्बसम्मत नेतृत्व दोहो¥याउने अवसर पाउनुभएको हो । कांग्रेसमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउबा निकट गर्बुजा रघुगंगा गाउँपालिका–४ दग्नामको स्थायी बासिन्दा हुनुहुन्छ ।

प्रदेशसभाको दुई वटै निर्बाचन क्षेत्र र चार वटा पालिका समितिमा सर्बसम्मत नेतृत्व चयन भएको थियो । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा मतदानबाट नेतृत्व चयन भएको थियो । ४५ मध्य बेनी नगरपालिका–५ र अन्नपूर्ण गाउँपालिका–६ को बाहेकको वडा कार्यसमिति पनि सर्बसम्मत चयन भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...