सडक दौड प्रतियोगिताको उपाधी भुमिराज र मनिषालाई

Gandaki Kotihome

बेनी । ३२ औ अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा शनिबार बेनीमा १८ वर्ष मुनीका छात्रछात्राहरुबीच सडक दौड प्रतियोगिता भएको छ ।

जिल्ला खेलकुद बिकास समिति र एथलेटिक्स संघले आयोजना गरेको प्रतियोगितामा छात्रतर्फ ४० र छात्रातर्फ ११ जनाले सहभागिता जनाएका थिए । ८ किलोमिटर दुरी २४ मिनेट ६ सेकेण्डमा पार गरेका बेनी बोर्डिङ आवासीय माबिका भूमिराज नेपाली छात्रतर्फ प्रथम हुनुभयो ।

दोस्रो भएका भानु माबीका महेश किसानले २४ मिनेट ३५ सेकेण्ड, तृतीय भएका थामडाडा युवा क्लबका मनिष गुरुङले २५ मिनेट २० सेकेण्ड र चौथो भएका बेनी सामुदायिक माबिका रामबहादुर चित्रकारले २६ मिनेट १५ सेकेण्डमा ८ किलोमिटर दुरी पार गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

छात्रातर्फ प्रथम भएकी हेम माबी शिवाङकी मनिषा खत्रीले ३३ मिनेट, दृतीय भएकी न्यु वेष्ट पोइन्ट आवासीय माबिका एन्जिला खत्रीले ३४ मिनेट ४७ सेकेण्ड र तृतीय भएकी प्रकाश माबिकी देबी थापाले ३८ मिनेट ४७ सकेण्डमा दुरी पार गरेका थिए ।

४१ मिनेट लगाएका बेनी सामुदायिक माबीका तारादेबी क्षेत्री, सुजा बानिया र बिनिता क्षेत्री तीनै जना सान्तवना भए । प्रथम, दृतीय, तृतीय र सान्तवना हुनेलाई क्रमश ः रु. आठ हजार, पाँच हजार, तीन हजार र एक हजारका दरले पुरस्कार बितरण गरिएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी राना, समितिका अध्यक्ष केसी, प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङ, प्रदेश सदस्य चन्दा घले, कार्यालय प्रमुख दानबहादुर राइले पुरस्कार बितरण गर्नुभएको थियो । प्रमुख अतिथि प्रजिअ रानाले प्रतियोगिताले किशोर किशोरीहरुको खेल प्रतिभा पहिचान र प्रस्फुटन गराउन सहयोग पुगेको बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...