म्याग्दी काँग्रेसको उपसभापतिमा श्रेष्ठ र भण्डारी, सचिबमा पुन र रकाल, सहसचिबमा कार्की र पौडेल निर्बाचित

Gandaki Pardesh notice

बेनी, नेपाली काँग्रेस म्याग्दीका उपसभापति लगायत पदाधीकारी मतदानबाट चुनिएका छन् । निर्बाचनबाट संस्थापन सभापति तथा प्रधानमन्त्री देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल दुबै पक्ष निकट उमेद्वारहरु बिजयी भएर मिश्रित परिणाम आएको छ । हालसम्म सार्वजनिक मतपरिणाम अनुसार संस्थापन पक्ष निकट उमेद्बार बढी निर्बाचित भएका छन् ।

जिल्ला सदरमुकाम बेनीमा भएको सातौ जिल्ला अधिबेशनमा जिल्ला सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) निर्बिरोध भएपनि उपसभापति, सचिब, सहसचिब, सदस्य र महाधिबेशन प्रतिनिधीहरुका लागि बिहिबार मतदान भएको थियो ।

पछिल्लो मतपरिणाम अनुसार उपसभापतिमा हरिकुमार श्रेष्ठ र कर्णबहादुर भण्डारी (केबी), सचिबमा हिराबहादुर पुन र भरत रकाल, सहसचिबमा श्रीराम पौडेल र धु्रुबराज कार्की निर्बाचिन हुनुभएको निर्बाचन अधिकृत निरञ्जन राजभण्डारीले बताउनुभयो । श्रेष्ठ संस्थापन र भण्डारी पौडेल पक्षका मानिनुहुन्छ । सचिबमा निर्बाचित पुन संस्थापन पक्ष हुनुहुन्छ । केन्द्रमा युवा नेता गगन थापा निकट मानिने रकाल जिल्लामा सभापति गर्बुजा निकट हुनुहुन्छ ।

Shreekrishna hardwear in news

४५ वटा वडाको अधिबेशनबाट चयन भएका ७३५ जना प्रतिनिधी मध्य ७१२ जनाले मतदान गरेका थिए । उपसभापतिमा बिजयी बेनी नगरपालिकाका प्रमुख समेत रहनुभएका श्रेष्ठले ३५४ र भण्डारीले ३७९ मत प्राप्त गर्नुभएको छ । उपसभापतिका प्रत्यासी डमबहादुर पुनले २३८, माधबप्रसाद रेग्मीले ९९, भिमबहादुर कार्कीले ८६ र कमल छन्त्यालले ८६ मत प्राप्त गर्नुभयो ।

Bhautik ministry notice about road

यसअघिको कार्यसमितिमा रेग्मी उपसभापति, कार्की सचिब, छन्त्याल प्रदेश क्षेत्र (ख)को सभापति र अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष पुन महाधिबेशन प्रतिनिधी हुनुहुन्थ्यो । सचिबमा निर्बाचित पुनले ३६९ र रकालले ३५७ मत प्राप्त प्राप्त गर्नुभयो ।

सचिबका प्रत्यासी अजयमिलन श्रेष्ठले ३५३ र दुर्गाराम सुबेदीले १५६ मत प्राप्त गर्नुभएको छ । सहसचिबमा निर्बाचित कार्कीले ४०५ र पौडेलले ३८७ मत ल्याउँदा अर्का प्रत्यासी कमल उपाध्यायले २३१ मत पाउनुभयो ।

सदस्य र महाधिबेशन प्रतिनिधीहरुको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छैन् । खम्बिर गर्बुजा लगातार दोस्रो कार्यकालका लागि काँग्रेसको जिल्ला सभापति निर्बिरोध निर्बाचित हुनुभएको हो । बेलायती गोर्खा सैनिकका सेवानिबृत्त गर्बुजा बि.स. २०७० र २०७४ को संसदीय निर्बाचनमा नेपाली काँग्रेसबाट उमेद्वार बनेर पराजित हुनुभएको थियो ।

यसअघिको कार्यकालमा नेत्रबहादुर महतसँग चुनाब लडेका गर्बुजा दोस्रो पटक सर्बसम्मत नेतृत्व दोहो¥याउने अवसर पाउनुभएको हो । कांग्रेसमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउबा निकट गर्बुजा रघुगंगा गाउँपालिका–४ दग्नामको स्थायी बासिन्दा हुनुहुन्छ ।

प्रदेशसभाको दुई वटै निर्बाचन क्षेत्र र चार वटा पालिका समितिमा सर्बसम्मत नेतृत्व चयन भएको थियो । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा मतदानबाट नेतृत्व चयन भएको थियो । ४५ मध्य बेनी नगरपालिका–५ र अन्नपूर्ण गाउँपालिका–६ को बाहेकको वडा कार्यसमिति पनि सर्बसम्मत चयन भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...