ठेक्का सम्झौता भएको २९ महिनामा पनि दाङखोलामा पक्की पुल निर्माण शुरु भएन

Gandaki Pardesh notice

बेनी, म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको २९ महिना सम्म पनि काम शुरु भएको छैन् ।

मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरी गाउँपालिकाको धारापानी–ताकम हुदै मुना जोड्ने सडक अन्तरगत फेदी स्थित दाङखोलामा मोटरेबल पुल बनाउन बि.स. २०७६ जेठ २२ गते ठेक्का सम्झौता भएको थियो ।

मालिका गाउँपालिकाको ५ र धवलागिरी गाउँपालिकाको ७ नम्बर वडाको सिमानामा पर्ने फेदीमा १८ मिटर लामो पुल बनाउन पुर्बाधार बिकास कार्यालय म्याग्दी र इन्द्रेणी–फेवा जे.भी. पोखराबीच रु. एक करोड ९३ लाखमा ठेक्का सम्झौता भएको थियो ।

Shreekrishna hardwear in news

बि.स. २०७८ जेठ ८ गते सम्झौताको म्याद सकिएको पुल निर्माण शुरुनै भएको छैन् । धवलागिरीको केन्द्र सहित पाँच वटा वडालाई जोड्ने सडकमा नियमित यातायात सञ्चालनका लागि पुल निर्माणका लागि जनप्रतिनिधीहरुले पहल गरेका थिए । सकिनुपर्ने समयसम्म पनि निर्माण शुरु हुन नसक्दा निराश भएका छन् ।

Bhautik ministry notice about road

फेदीमा गाउँपालिकाले अस्थायी मोटेरबल पुल बनाएर यातायात सञ्चालनको ब्यवस्था मिलाएको छ । बि.स. २०७७ र ७८ को बर्खामा दाङ खोलामा आएको बाढीले पुल पुरिएको थियो । पहिरो र बाढी पन्छाएर पुल सञ्चालनमा ल्याइएको छ ।

फेदीको दाङखोलामा मोटरेबल पुल नहुँदा धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवत जावत गर्न समस्या भएको छ । २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलबिद्युत आयोजनाको बाँधको डुबान क्षेत्रमा पुल निर्माण स्थल पर्ने भएपछि सम्झौता लगत्तै काम गर्न गएका निर्माण ब्यवसायी फर्किएका थिए ।

जलबिद्युत आयोजनाको बाँध स्थानानान्तरण भएपछि पुल निर्माण शुरु गर्ने तयारी गरेको अवस्थामा बि.स. २०७७ असारमा आएको बाढीले निर्माण स्थललाई क्षतबिज्ञत बनाएपछि पुन सर्बेक्षण गरिएको थियो । पुर्बाधार बिकास कार्यालय म्याग्दीका प्रमुख सन्तोष अर्यालले डिजाईन परिवर्तन गरेर पहिलेकै निर्माण ब्यवसायी मार्फत पुल निर्माण गराउन लागिएको बताउनुभयो ।

“सम्झौता हुँदाको बर्ष दरबाङ म्याग्दीखोला जलबिद्युत आयोजनाको बाँधको डुबान क्षेत्र पर्ने भएकाले रोकिएको थियो,” उहाँले भन्नुभयो “बि.स.२०७७ बर्खाको बाढीले क्षति पु¥याएपछि रिडिजाइन गरि भेरीयसन अर्डर तयार गरि दाङखोलामा पुल निर्माण सुरु गर्ने तयारी भएको छ ।” यो योजनाको सम्झौताको म्याद आगामी चैत महिनासम्म थपिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...