मगर मुक्ति मोर्चाको चौथो सम्मेलन बेनीमा हुने

Gandaki Ghumau

बेनी । नेत्रबिक्रम चन्द (बिप्लप) नेतृत्वको नेकपाको भातृ संगठन मगर मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन बेनीमा हुने भएको छ ।

मोर्चाले शुक्रबार बेनीमा पत्रकार सम्मेलन गरेर मंसिर ८ गते नेकपाका महासचिब बिप्लपले सम्बोधन गर्ने सम्मेलनको बिभिन्न उपसमिति बनाएर तयारी तिब्र पारेको जनाएको छ ।

Gunasthariya Shiksya

सम्मेलन आयोजक समितिका संयोजक गमबहादुर श्रीसले मंसिर १ गते नवलपुरमा सम्पन्न मोर्चाको बैठकले बेनीको खुल्ला मञ्चमा उद्घाटन गरिने सम्मेलन तीन दिनसम्म सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । ९ र १० गते बेनीको जिल्ला समन्वय समितिको सभाहलमा बन्दसत्र सञ्चालन हुने भएको छ ।

Shreekrishna

निरु थापामगरको संयोजकत्वमा मञ्च तथा प्रचार प्रसार, सुर्दशन मंगोलको संयोजकत्वमा अतिथि सत्कार, भिमप्रकाश पुनको संयोजकत्वमा मिडिया, सुर्दशन मंगोलको संयोजकत्वमा बन्दसत्र, ईन्द्रकुमार घर्तिमगरको संयोजकत्वमा मेश ब्यवस्थापन, मोहनसिंह सारुको नेतृत्वमा आवास, सञ्जिब लुङेलीको संयोजकत्वमा स्वमसेवक तथा सांस्कृति र गमबहादुर श्रीसमगरको संयोजकत्वमा बिधान लेखन समिति गठन भएको छ ।

देशभरबाट १५२ जना प्रतिनिधी पर्यवक्षक सहभागी हुने सम्मेलनमा मगर झाँकी, नौमति बाजा तथा सामना परिवारको गित तथा नृत्य प्रस्तुति रहनेछ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...