पुननिर्माणको अनुभव र सिकाई तथा पुनरावेदन सम्बन्धी अन्तरक्रिया

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिका–४ तातोपानीमा बिहिबार राष्ट्रिय पुननिर्माण प्राधिकरणको आयोजनामा पुननिर्माणको अनुभव र सिकाई तथा पुनरावेदन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पुननिर्माण सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने पुननिर्माणका क्रममा भएका सकारात्मक अभ्यास, उपलब्धी र समस्या तथा समाधानका लागि गरिएका प्रयासहरुका बिषयमा म्याग्दीका जनप्रतिनिधी, प्रमुख प्रशासकीय अधिकृत, प्राबिधिक र बैंकका प्रतिनिधीहरुसँग प्राधिकरणको टोलीले छलफल गरेका हुन् ।

म्याग्दीमा भूकम्पले क्षति पुगेका निजी आवास, बिद्यालय, स्वास्थ्य चौकीको भवन, सडक, पुल निर्माणको अवस्थाका बिषयमा छलफल भएको थियो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र केसीले कम प्रभाबित अन्य जिल्लाहरुको तुलनामा म्याग्दीमा निजी आवास र बिद्यालय भवन पुननिर्माणको अवस्था सन्तोषजनक रहेको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

“निजी आवास ९० प्रतिशत भन्दा बढी र बिद्यालय भवन पुननिर्माण ९८ प्रतिशत भएको छ,” उहाँले भन्नुभयो “घर बनाएर भुक्तानी लिन नआएकाहरुलाई मंसिर महिनाभित्र सम्पर्कमा ल्याउन सकेमा प्रगति अझ बढ्छ ।”

धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन, बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल, धवलागिरीका उपाध्यक्ष रेशम छन्त्याल, मालिकाका उपाध्यक्ष सृजना केसीले पुननिर्माणलाई सफल बनाउन स्थानीय तहले गरेका पहलको बिषयमा जानकारी गराउनुभएको थियो ।

आयोजनाका प्रमुख बिरबल सुनारले पहिलो किस्ता लगेका ९८६ मध्य हालसम्म ७५५ जनाले निजी आवास पुननिर्माण सकेका जानकारी दिनुभयो । यही मंसिर महिनाभित्र घर पुननिर्माण सकेर तेस्रो किस्ता अनुदान लिन नआउनेलाई लाभग्राहीको सूचिबाट हटाइने आयोजना प्रमुख सुनारले बताउनुभयो ।

बागलुङमा कार्यालय भएपनि बेनीको सम्पर्क इकाई मार्फत पुननिर्माणका लाभग्राहीलाई सेवा दिने ब्यवस्था मिलाइएको छ । प्राधिकरणका सहसचिब भगवान अर्यालको अध्यक्षता, उपसचिब दिपक लामिछानेको सञ्चालन र उपसचिब भुवनेश्वर लामिछानेको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...