रुममा माओवादीको वडा अधिबेशन

Sinchai Khanipani notice

रुम । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा बिहिबार नेकपा माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न भएको छ ।

अधिबेशनले हर्कलाल दर्जीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा दिनेश पुन, सचिबमा यामबहादुर पुन, सहसचिबमा नन्दकला घर्ति र कोषाध्यक्षमा खिमबहादुर बिक चयन हुनुभएको माओवादी केन्द्र म्याग्दीले जनाएको छ । कार्यक्रममा माओवादीका जिल्ला संयोजक रेशम जुग्जालीले म्याग्दीमा माओवादीलाई शक्तिशाली र बलियो बनाउने अभियानमा आफूहरु लागिपरेको बताउनुभयो ।

Bhautik ministry notice about road

“माओबादी बलियो हुदाँ मात्र परिवर्तन र उपलब्धीको रक्षा हुन्छ भन्ने राष्ट्रिय परिस्थितिले देखाएको छ,” उहाँले भन्नुभयो “माओबादीको एजेण्डा अनुसार लागू भएको गणतन्त्र र संघीयता र समावेशी ब्यवस्थाको ब्यवहारिक कार्यान्वयन गर्न माओवादीलाई साथ दिनुपर्छ ।”

Shreekrishna hardwear in news

युवा नेता दोरण शेरचन र गाउँपालिकाको कार्यपालिकाका सदस्य सरु श्रीपालीले माओवादी आन्दोलनका कारण संघीयता लागू भएर दुर्गममा बिकास गतिबिधी बढेको, दलित, आदीबासी जनजाती, महिलाले अवसर पाएको बताउनुभयो ।

माओवादी केन्द्र म्याग्दीले मंसिर ४ गते जिल्लाभर एकै साथ वडा अधिबेशन गर्ने तयारी गरेको छ । केही वडामा अधिबेशन गरेर नेतृत्व चयन भइसकेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...