![Add Samajik bikash office](https://dhaulagirikhabar.com/wp-content/uploads/2024/06/Add-Samajik-bikash-office-3.jpg)
बेनी । म्याग्दीको बेनी नगरपालिका–७ इन्द्रेणीटोलको खाली ठाउँमा बिहिबार सवारी पार्किङ स्थल बनाइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका सुरक्षाकर्मीहरुले अब्यवस्थित पार्किङ हटाउन मोटरसाइकल पार्किङ स्थल बनाएका हुन् । कार्यालयका प्रमुख सई इन्द्रबहादुर नेपालीको नेतृत्वमा सुरक्षाकर्मीहरुले श्रमदान गरेर खाली ठाउँको सडक सफा गरेर मोटरसाइकल पार्किङ गर्ने ठाउँ छुट्टाएर रंगरोगन गरेका थिए ।
बजार र सडक आसपासका ठाउँमा जथाभावी सवारी साधन पार्किङ हटाएर आवत जावत सहज र दुर्घटना न्युनीकरण एवम् सौन्यर्दकरण बढाउन सघाउने उद्दश्यले पार्किङ स्थल बनाइएको सई नेपालीले बताउनुभयो ।
![Shreekrishna hardwear in news](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Shree-Krishna-Hardware.gif)
![Bhautik ministry notice about road](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Bhautik-ministry-notice-scaled.jpg)
ट्राफिक प्रहरीले बेनी बजारमा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन यसअघि बेनी नगरपालिाई पत्राचार गरेको थियो । नगरपालिका र प्रहरीको समन्वयमा जिल्ला प्रशासन कार्यालय अगाडीको सडक पेटीमा रहेका ठेलाका ब्यवसायीलाई ब्यवस्थापन गरिएको थियो ।
बेनीमा एकतर्फ सवारी पार्किङ कार्यान्वयन गरेको छ । यसैगरी कालीगण्डकी नदी किनारै किनार कालीपुल देखि दरबाङ बसपार्क जोड्ने बैकल्पिक सडक प्रयोगमा ल्याइएको छ ।
![](https://dhaulagirikhabar.com/wp-content/uploads/2021/11/IMG_7061-1024x683.jpg)
![Gandaki dadelo notice](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/05/Add-aantarik-mamila-upabhokta.jpg)