म्याग्दी काँग्रेसको सभापति बाहेकका पदमा मतदान शुरु

Sinchai Khanipani notice

बेनी । नेपाली काँग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन अन्तरगत निर्बिरोध नभएका पदमा छनौट गर्नका लागि बिहिबार दिउँसो साढे तीन बजेदेखि मतदान शुरु भएको छ ।

बुधबारदेखि शुरु भएको अधिबेशनमा जिल्ला सभापतिमा दोस्रो कार्यकालका लागि खमबहादुर गर्बुजा (खम्बिर) सहित नौ जना जिल्ला कार्यसमिति सदस्य सर्बसम्मत भएका थिए ।

उपसभापति, सचिब, सहसचिब, जिल्ला सदस्य र महाधिबेशन प्रतिनिधीका आकाक्षीहरुबीच सहमति नजुटेपछि मतदान गरिएको नेताहरुले बताएका छन् । ७३५ जना मतदाता छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

दुई जना उपसभापतिमा डमबहादुर पुन, हरिकुमार श्रेष्ठ, माधबप्रसाद रेग्मी, मिनबहादुर कार्की, कर्णबहादुर भण्डारी केबी र कमल छन्त्यालको उमेद्वारी परेको निर्बाचन अधिकृत निरञ्जनलाल राजभण्डारीले बताउनुभयो ।

दुई जना सचिब पदमा भरत रकाल, अजयमिलन श्रेष्ठ, दुर्गाराम सुबेदी र हिराबहादुर पुन, दुई जना सहसचिबमा श्रीराम पौडेल, ध्रुबराज कार्की र कोमलप्रसाद उपाध्यायको उमेद्वारी परेको छ ।

सभापतिमा सर्बसम्मत भएपछि अन्त्य पदका आकाक्षीलाई ब्यवस्थापन गर्न नेताहरुलाई दवाव परेको थियो । यसअघि प्रदेशसभाको दुई वटै निर्बाचन क्षेत्र र चार वटा पालिका समितिमा सर्बसम्मत नेतृत्व चयन भएको थियो ।

बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा मतदानबाट नेतृत्व चयन भएको थियो । ४५ मध्य बेनी नगरपालिका–५ र अन्नपूर्ण गाउँपालिका–६ को बाहेकको वडा कार्यसमिति पनि सर्बसम्मत चयन भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...