बेगखोलामा बन्ने भयो झोलुङ्गे पुल

Gandaki Pardesh notice

बेनी । बर्खामा बाढी आएर आवत–जावतनै बन्द हुने म्याग्दीको रघुगंगा गाउँपालिका–१ स्थित बेगखोलामा झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

पुर्बाधार बिकास कार्यालयले ८० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि हिमशिखर कन्ट्रक्सनसँग कात्तिक तेस्रो हप्ता कर सहित रु. २९ लाख ३८ हजारमा ठेक्का सम्झौता गरेको हो । कार्यालयका प्रमुख सन्तोष अर्यालले २०७९ असार १५ गतेभित्र निर्माण सक्ने लक्ष्य रहेको बताउनुभयो ।

कुल रु. ३५ लाख ८३ हजार २५८ लागत अनुमान गरिएको थियो । लठ्ठा र बुल्डअफ ग्रिप भने सरकारले उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । निर्माण कम्पनीका प्रतिनिधी शिब माझीले निर्धारित समयभित्रनै पुल निर्माण गर्ने तयारी सहित कार्यक्षेत्रमा परिचालन भएको बताउनुभयो ।
राष्ट्रिय गौरबको कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडकको बेगखोलामा मोटरेबल र झोलुङ्गे पुल नहुँदा पैदलयात्रु र सवारी साधन जोखिम मोलेर आवत जावत गर्न बाध्य छन् । बि.स. २०७३ भदौ १७ गतेको बाढीले बेलिब्रिज र झोलुङ्गे पुल सहित बेगखोलामा ११ वटा घर बगाएको थियो । एक जना बेपत्ता भएका थिए ।

Shreekrishna hardwear in news

बाढीले बगाएको ठाउँमा मोटरेबल र झोलुङ्गे पुल पुनःनिर्माण गर्न ढिलाई हुँदा बर्खा याममा बेनी–जोमसोम यात्रा गर्ने नागरिकले जोखिम, सास्ति र झञ्जट ब्यहोर्नुपरेको छ । बेनी–जोमसोम म्याग्दीको रघुगंगा गाउँपालिकाको तीन वटा र अन्नपूर्ण गाउँपालिकाको सबै वडालाई सदरमुकाम बेनीसँग जोड्ने एक मात्र सडक मार्ग हो ।

Bhautik ministry notice about road

बाढीले सवारी साधन खोला तर्न नसकेपछि बिरामीलाई समयमै अस्पताल पु¥याउन समस्या भएको छ । मोटरसाइकल बगाउने, गाडीका पाटपुर्जा बिग्रने समस्या छ ।कालीगण्डकीमा मिसिने बेगखोलामा लेकमा बर्खा हुँदा बाढी आउँछ । पाखा र ठाडा खोल्साको बाढी पनि यसैमा मिसिन्छ ।

बेगखोला र कालीगण्डकीको दोभानमा खोला वारपार गर्ने घाट छ । बेगखोलाको बाढीले खोला तर्ने क्रममा केही ट्याक्सी र मोटरसाइकल बगाएर कालीगण्डकीमा मिसाएको छ । बाढी आएको अवस्थामा स्काभेटरलाई पैसा तिरेर बकेटमा बसेर मानिसहरु खोला वारपार गर्छन् ।

बेगखोलामा सडक पुल निर्माण गर्न सडक बिभाग अन्तरगतको पुल महाशाखाले ठेक्का प्रक्रिया अघि बढाएको छ । सडक पुल निर्माण नहुँदा सम्मका लागि पैदलयात्री र मोटरसाइकल आवत जावतलाई सहज बनाउन झोलुङ्गे पुल बनाउन लागिएको प्रदेश सांसद बिनोद केसीले बताउनुभयो ।

बेगखालामा ७० मिटर लामो र ११ मिटर चौडाईको सडक पुल निर्माण गर्न रु. आठ करोड ४७ लाख ४२ हजार ३२० को लागत अनुमान गरिएको छ । पुलको वारी र पारी ५०० मिटरको पहुँच मार्ग र तल माथि दुईतर्फ २६० मिटर लम्बाईमा नदी नियन्त्रणका लागि संरचना निर्माण गरिने परामर्शदाताले जनाएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...