खम्बिर गर्बुजा दोस्रो कार्यकालका लागि म्याग्दी काँग्रेसको सभापतिमा सर्बसम्मत चयन

Gandaki Pardesh notice

बेनी । नेपाली काँग्रेस म्याग्दीको जिल्ला सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) दोस्रो कार्यकालका लागि सर्बसम्मत चयन हुनुभएको छ ।

बेनीमा बुधबारदेखि शुरु भएको सातौ जिल्ला अधिबेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि सभापति पदमा गर्बुजाको मात्र उमेद्वारी परेको हो । गर्बुजाको मात्र उमेद्वारी परेकाले सर्बसम्मत सभापतिमा चयन भएका निर्बाचन समितिका सदस्य सागरजिबी उपाध्यायले जानकारी दिनुभयो ।

‘बुधबार दिउँसो २ बजेसम्म मनोनयनको समयतालिका थियो,’ उहाँले भन्नुभयोे ‘तोकिएको भन्दा बढी संख्यामा उमेद्वारी परेको पदका लागि निर्बाचन हुन्छ ।’ सभापतिमा चयन भएका गर्बुजा यसअघिको कार्यसमितिका पनि सभापति हुन् । गर्बुजा पार्टी सभापति तथा प्रधानमन्त्री देउवा निकट हुनुहुन्छ ।

Shreekrishna hardwear in news

बेलायती गोर्खा सैनिकका सेवानिबृत्त गर्बुजा बि.स. २०७० र ७४ को संसदीय निर्बाचनमा नेपाली काँग्रेसबाट उमेद्वार बनेर पराजित हुनुभएको थियो । यसअघिको कार्यकालमा नेत्रबहादुर महतसँग चुनाब लडेका गर्बुजा दोस्रो पटक सर्बसम्मत नेतृत्व दोहो¥याउने अवसर पाउनुभएको हो । उहाँ रघुगंगा गाउँपालिका–४ दग्नामको स्थायी बासिन्दा हुनुहुन्छ ।

यसैगरी नौ जना जिल्ला कार्यसमिति सदस्य र तीन जना महाधिबेशन प्रतिनिधी पनि सर्बसम्मत भएका छन् । जिल्ला सभापतिका आकाक्षी पुर्ब सभापति तथा संबिधानसभा सदस्य रेशमबहादुर बानियाले महाधिबेशन प्रतिनिधीमा मनोनयन दर्ता गरेका छन् ।

महिला सदस्यतर्फ बेनी नगरपालिकाकी मनकुमारी तुलाचन, अन्नपूर्णकी पुष्पा बानिया बरुवाल, मालिकाकी मनरुपा पुन, चमु पुन, मंगलाकी युगकुमारी सेन, धवलागिरीकी रामदेबी पुन, खसआर्य तर्फका सदस्यमा लक्ष्मीकुमारी केसी, आदिवासी जनजाती महिला सदस्य तुलसीदेबी पुर्जा र ललिता तिलिजा सर्बसम्मत हुनुभएको हो ।

महाधिबेशन प्रतिनिधीतर्फ दलित कोटामा यामबहादुर हर्मेल, श्रीलोकचन्द्र बिश्वास बिक र अपाङ्ग (अन्य) सुरेन्द्र खत्री चयन हुनुभएको छ । दुई जना उपसभापतिमा डमबहादुर पुन, हरिकुमार श्रेष्ठ, माधबप्रसाद रेग्मी, मिनबहादुर कार्की, कर्णबहादुर भण्डारी केबी र कमल छन्त्यालको उमेद्वारी परेको निर्बाचन अधिकृत निरञ्जनलाल राजभण्डारीले बताउनुभयो ।

दुई जना सचिब पदमा भरत रकाल, अजयमिलन श्रेष्ठ, दुर्गाराम सुबेदी र हिराबहादुर पुन, दुई जना सहसचिबमा श्रीराम पौडेल, ध्रुबराज कार्की र कोमलप्रसाद उपाध्यायको उमेद्वारी परेको छ । २ जनाको कोटा रहेको बेनी नगरपालिकाबाट जिल्ला सदस्यमा सोमबहादुर हुमेन क्षेत्री, रुद्रप्रसाद शर्मा, लिलाबहादुर बानिया, एक जनाको कोटा रहेको रघुगंगाको अन्य सदस्यमा नरसिंहबहादुर खत्री र मनबहादुर शेरपुञ्जा, एक जनाको कोटा भएको अन्नपूर्णको जिल्ला सदस्यमा अमृत पाइजा, गमबहादुर फगामी पुन र रामबहादुर खड्काले मनोनयन दर्ता गर्नुभएको छ ।

एक जनाको कोटा रहेको मंगलाको अन्य तर्फका सदस्यमा पुस्करबहादुर पुन र मेखबहादुर बुढाथोकी, खसआर्य अन्यको एउटा जिल्ला सदस्यमा हेमबहादुर खत्री (गोपाल) र सम्मरबहादुर थापा, दुई जनाको कोटा रहेको आदिवासी जनजाती जिल्ला सदस्यमा सिंहबिर बुढाथोकी, पुर्णबहादुर तिलिजा पुन र बिलबहादुर फगामीले मनोनयन दर्ता गर्नुभएको छ ।

Bhautik ministry notice about road

एक जना दलित सदस्यमा टंकप्रसाद नेपाली बुढाथोकी र बालकुमार लामिछाने, एक जना अल्पसंख्यक अपाङ्गता तर्फको सदस्यमा दिलिप गौचन, ज्ञान गिरी र अमृतमान शेरचनले मनोनयन दर्ता गर्नुभएको छ ।

४ जना महिला केन्द्रिय महाधिबेशन प्रतिनिधीका लागि बिमला गौचन, खिमाकुमारी पुर्जा, देबीकुमारी बुढा, कुशुम मल्ल क्षेत्री, धनकुमारी थापा, सुवा मल्ल, सृजना श्रेष्ठ र सुजता खत्रीले उमेद्वारी दर्ता गराउनुभएको छ ।

१० जना खुल्ला महाधिबेशन प्रतिनिधीमा राजेन्द्र श्रेष्ठ, शिब के.सी., चिरञ्जिबी शर्मा, उदिमबहादुर पुन, बिपिन खड्का, मुकुन छन्त्याल, जिबनकुमार मल्ल, मनमोहन बुढाथोकी छन्त्याल, रबिन्द्र गर्बुजा पुन, लालबहादुर थापा क्षेत्री (माइकल), श्रीप्रसाद रोकामगर, धनबहादुर छन्त्याल, बिरबहादुर बिश्वकर्मा (कमल), बिक्रम बोगटी, दिपेन्द्र शर्मा रिजाल, मानकाजी घिमिरे, रमेशकुमार श्रेष्ठ, रेशमबहादुर बानिया र नेत्रबहादुर महतले मनोनयन दर्ता गर्नुभएको छ ।

एक जना खसआर्य महिला महाधिबेशन प्रतिनिधीका लागि बिनाकुमारी खड्का र सुनिता भण्डारी खत्रीले उमेद्वारी दिएका छन् । २ जना अन्य महाधिबेशनका लागि बलभद्र ढकाल, चित्रबहादुर केसी, नारायणकुमार कार्की र निमल खत्रीले मनोनयन दर्ता गराएका छन् ।

२ जना आदिवासी जनजाती महिला महाधिबेशन प्रतिनिधीमा ओमकुमारी फगामी, पुनमकुमारी मगर खोरजा र केशमाया मगरले उमेद्वारी दर्ता गरेका छन् । ३ जना आदिवासी जनजाती महाधिबेशन प्रतिनिधीका लागि भिमबहादुर रोका, बमबहादुर पुनमगर, दिपेन्द्र श्रेष्ठ (दिपु), दिपबहादुर छन्त्याल र अमृतकुमार श्रेष्ठले दाबी गरेका छन् ।

१ जना दलित महिला महाधिबेशन प्रतिनिधीमा सम्झना परियार र मनकुमारी बिक, मुस्लिम अल्पसंख्यक एक जनाको कोटामा अञ्जित खान र स्टालिन शेरचनको उमेद्वारी परेको छ । सभापतिमा सर्बसम्मत भएपछि अन्त्य पदका आकाक्षीलाई ब्यवस्थापन गर्न नेताहरुलाई दवाव परेको छ ।

यसअघि प्रदेशसभाको दुई वटै निर्बाचन क्षेत्र र चार वटा पालिका समितिमा सर्बसम्मत नेतृत्व चयन भएको थियो । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा मतदानबाट नेतृत्व चयन भएको थियो । ४५ मध्य बेनी नगरपालिका–५ र अन्नपूर्ण गाउँपालिका–६ को बाहेकको वडा कार्यसमिति पनि सर्बसम्मत चयन भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...