कुहुँमा माओवादीको वडा कमिटि गठन

Gandaki Pardesh notice

बेनी । मंगला गाउँपालिका–१ कुहँमा नेकपा माओबादी केन्द्रको वडा कमिटी गठन भएको छ ।

ओमबहादुर किसान (नबिन)को अध्यक्षतामा गठन भएको २९ सदस्यीय कमिटीको उपाध्यक्षमा टेकमान सिर्पाली, सचिबमा कमलबहादुर खत्री, कोषाध्यक्षमा मिना नेपाली दर्जी र सहसचिबमा केशब पुन रहनुभएको छ ।

पृथीलाल बिकको अध्यक्षता, मनप्रसाद किसानको सञ्चालन र ओमबहादुर किसानको स्वागतमा सम्पन्न कार्यक्रममा माओवादीका गण्डकी प्रदेश कमिटी सदस्य टेकबहादुर बिश्वकर्माले परिवर्तनलाई सस्थागत, संबिधान र ब्यवस्थालाई बचाउन अग्रगामी शक्तिहरुबीच सहकार्य तथा माओवादी घटकहरुको एकता आवश्यक रहेको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

माओवादीको मंगला गाउँपालिका कमिटी संयोजक यामबहादुर रोकाले माओवादीको एजेण्डा अनुसार आएको संघियताले गाउँ गाउँमा बिकास गतिबिधी बढेको, जनताको आवश्यकता र माग सम्बोधन भएका, समावेशी ब्यवस्थाले महिला, जनजाती र दलित समुदायले अवसर पाएका बताउनुभयो ।

कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठनको मंगला गाउँपालिका उपाध्यक्ष खबहादुर किसान, पुर्ब जिल्ला सल्लाहकार खड्गबहादुर पुर्जाले माओवादीको संगठन र राजनीतिक गतिबिधी बढेपछि जनतामा परिवर्तनको संस्थागत हुने आशा पलाएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...