कांग्रेस म्याग्दीको सातौं अधिवेशनको तयारी पुरा, नेतृत्वका आकाक्षीहरु सक्रीय

Gandaki Kotihome

बेनी । नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ ।

बेनी स्थित पार्टी कार्यालयमा सोमबार बसेको जिल्ला कार्यसमितिको अन्तिम बैठकले अधिवेशनको लागि कार्य विभाजन गरी आवश्यक तयारी थालेको थियो । अधिवेशनको लागि आवश्यक तयारी पुरा भएको नेपाली कांग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठले जानकारी दिनुभयो ।

“पाँच वटा उपसमिति गठन गरी आवश्यक तयारी भएको छ,” उहाँले भन्नुभयो “जिल्ला समन्वय समितिको सभाहलमा हुने अधिवेशनमा ४५ वटा वडाको अधिबेशनबाट छनौट भएका ७५० प्रतिनिधि सहभागि हुदैछन् ।” नेतृत्व चयन गर्नका लागि हुन लागेको अधिवेशनका लागि प्रतिनिधिहरु बेनीमा आउने क्रम जारी छ ।

Upper Myagdi transmition line notice

काँग्रेसका नेता, कार्यकर्ता भेला र छलफलमा जुटेका छन् । मुलुक संघीय संरचनामा गइसकेपछि पार्टीको तल्लो तहसम्म निर्वाचनमार्फत काँग्रेसले आन्तरिक प्रजातन्त्रको अभ्यास गर्दैछ् । केन्द्रिय कार्यसमितिले म्याग्दीमा बागलुङका निरञ्जनलाल राज भण्डारीलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आगामी नेतृत्वको लागि उम्मेद्धारी घोषणा गरिरहेका छन् । सभापतिमा वर्तमान सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले सामाजिक सञ्जाल मार्फत उम्मेद्धारी घोषणा गरिसक्नुभएको छ । निवर्तमान सभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाँको पनि सभापतिमा चर्चा चलेपनि आधिकारिक रुपमा भने घोषणा गर्नुभएको छैन् ।

कांग्रेस म्याग्दीका एक नेताका अनुसार उपसभापति पदमा करिब आधा दर्जनको चर्चा चलेको छ । वर्तमान उपसभापति माधवप्रसाद रेग्मी, सचिव तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, वर्तमान सचिव क्याप्टेन मिन बहादुर कार्की, जिल्ला सदस्य केबी भण्डारी ,प्रदेश सभा ‘ख’का निवर्तमान सभापति कमल छन्त्यालले सामाजिक सञ्जाल फेसबुक मार्फत उम्मेद्धारी घोषणा गर्नुभएको छ ।

Annapurna aarohan ko notice

उपसभापति पदमा चर्चा चले पनि अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका डमबहादुर गर्बुजा पुनले आधिकारिक रुपमा घोषणा गर्नुभएको छैन् । उपसभापतिका आकांक्षी रेग्मी, श्रेष्ठ, छन्त्याल र कार्की गर्बुजा पक्षका हुनुहुन्छ । भण्डारी र पुन बानियाँ पक्षका हुनुहुन्छ ।

यसैगरी सचिवमा नेपाल राष्ट्रिय मगर संघ म्याग्दीका अध्यक्ष हिराबहादुर पुनले सामाजिक सञ्जाल र वर्तमान सहसचिव भरतबहादुर रकालले पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्नुभएको छ । बानिया निकट अजयमिलन श्रेष्ठ र दुर्गाराम सुवेदीको चर्चा चलेपनि आधिकारीक घोषणा गर्नुभएको छैन् । सहसचिबमा श्रीराम पौडेलले उमेद्वारी घोषणा गर्नुभएको छ ।

जिल्ला अधिवेशनका लागि संस्थापन र इतर पक्षका छुट्टा छुट्टाछुट्टै उम्मेद्धारी घोषणा भएपनि सहमतिमा नेतृत्व चयन गर्न छलफल भइरहेको महाधिवेशन प्रतिनिधीका आकाक्षी रहेका नेबिसंघ म्याग्दीका सभापति निर्मल खत्रीले बताउनुभयो ।

जिल्ला अधिवेशनले कम्तिमा पाँच वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका जिल्ला अधिवेशनका प्रतिनिधि मध्येबाट जिल्ला कार्यसमितिका लागि उप–सभापति दुई, सचिव दुई र सह–सचिव दुईको निर्वाचन गर्नेछ ।

सभापतिले जिल्ला कार्यसमितिका निर्वाचित सदस्य मध्येबाट कोषाध्यक्ष चयन गर्नेछन् । प्रत्येक गाउँपालिकाबाट कम्तिमा एक महिलासहित दुई जना, नगरपालिकाबाट कम्तिमा एक महिलासहित तीन जना सदस्य प्रत्यक्ष निर्वाचित गर्नेछ ।

महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट सबै स्थानीय तहबाट जोडेर प्रत्यक्ष निर्वाचित हुनेसदस्य संख्याको दुई तिहाई सदस्य जिल्लाको सम्पूर्ण जनसंख्याको बनोट अनुसार, तोकिए बमोजिम समानुपातिक आधारमा निर्वाचित गर्नेछ ।

अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिमध्ये एक जना प्रत्यक्ष निर्वाचित गर्नेछ । सभापतिले कार्यसमितिमा एक तिहाई सदस्य महिला हुनु पर्ने व्यवस्था, समानुपातिक समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसङ्ख्यकको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी कार्यसमितिको कूल संख्याको बीस प्रतिशत सदस्य मनोनित गर्न पाउने काँग्रेसको बिधानमा उल्लेख छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...