बिप्लपको नेपाल बन्दले जनजिबन प्रभाबित

Sinchai Khanipani notice

बेनी । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टिले मंगलबार गरेको नेपाल वन्दको कारण म्याग्दीको जनजिवन प्रभाबित वनेको छ ।

नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य बस्तुमा भएको मूल्यबृद्धीको बिरुद्धमा नेपाल बन्द आव्हान गरेको थियो ।

यातायात, बजार र शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द भएका थिए । बैंक, सहकारी र बित्तीय संस्थाहरु पनि नखुल्दा आर्थिक कारोबार प्रभाबित बनेको थियो । सरकारी कार्यालय खुलेपनि सेवाग्राहीहरुको उपस्थिति न्युन थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

काम बिशेषले गन्तब्यमा पुग्नुपर्ने सर्बसाधारण प्रभाबित भएका छन् । ढुवानी र सार्वजनिक यातायात ठप्प बनेका थिए । लामो तथा छोटो दुरीका सवारी साधन चलेनन् ।

बन्दकर्ताहरु झण्डा बोकेर जिल्ला प्रशासन कार्याल अगाडी बसेका थिए । बन्दकर्ताहरुलाई सुरक्षाकर्मीहरुले पहरा र साथ दिएका दृष्य देखिन्थ्यो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...