नेपाली काँग्रेस म्याग्दीको सचिबमा युवा नेता भरत रकालको उमेद्वारी घोषणा

Gandaki Pardesh notice

बेनी । नेपाली काँग्रेस म्याग्दीको ७ औँ जिल्ला अधिवेशनमा युवा नेता भरतबहादुर रकालले सचिब पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

बेनीमा मंगलबार पत्रकार सम्मेलन गरि वर्तमान कार्यसमितिका सहसचिब समेत रहनुभएका नेता रकालले बुधवार हुने जिल्ला अधिवेशनमा जिल्ला सचिब पदमा घोषणा गर्नुभएको हो । जिल्ला अधिबेशनमा सभापति पदका आकाँक्षी समेत रहनुभएका जिल्ला सभापति खमविर गर्वुजाको प्यानलबाट आफ्नो उम्मेदवारी रहेको बताउँदै रकालले पार्टीमा युवाहरुको प्रतिनिधित्व गर्दै सचिब पदमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।

Bhautik ministry notice about road

पार्टीले जिल्लामा लामो समयदेखि संघीय निर्वाचनमा व्यहोरेको पराजयलाई बिजयीमा बदल्न पार्टीमा युवाहरुलाई सक्रिय जिम्मेवारी र प्रोत्साहन गर्नुपर्ने भएकाले युवापंतीबाट सचिब पदमा उम्मेदवारी दिन आएको सल्लाह र सुझाब र आफ्नो राजनीतिक अनुभवका आधारमा सचिब पदमा उम्मेद्वारी दिन लागेको उहाँको भनाई छ ।

Shreekrishna hardwear in news

नेविसंघ म्याग्दीका पूर्व जिल्ला सभापति समेत रहनुभएका रकाल युवापंतिमा लोकप्रिय नेताको रुपमा परिचित हुनुहुन्छ । राजनीतिलाई समाजसेवाको रुपमा लिएर जनताको सुखदुखमा साथ दिन निरन्तर सक्रिय रकाललाई जिल्ला सचिबको बलियो उम्मेदवारको रुपमा लिइएको छ । सञ्चारकर्मी र विद्यार्थी राजनीतिको पृष्ठभूमिबाट सानै उमेरमा पार्टीको जिल्ला समितिमा रहेर एक कार्यकाल काम गरिसकेका रकाल काँग्रेसको बैचारिक युवा नेताको रुपमा चिनिनुहुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...