हिदीमा खानेपानी आयोजना निर्माण

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ उपल्लो हिदीमा खानेपानी आयोजना निर्माण भएको छ ।

गण्डकी प्रदेश सरकारको जलस्रोत, खानेपानी तथा सिचाई बिकास डिभिजन कार्यालय म्याग्दीको सहयोगमा निर्माण भएको आयोजनाको सोमबार प्रतिनिधीसभा सदस्य भूपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभयो ।

कार्यालयको रु. ८६ लाख लगानीमा निर्माण भएको आयोजनाबाट उपल्लो हिदीका ३२ घरधुरी लाभान्वित भएका छन् । उपभोक्ता समिति मार्फत आर्थिक बर्ष २०७६÷७७ देखि आयोजना निर्माण शुरु भएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

खानेपानी आयोजनाको उद्घाटन गर्दै सांसद थापाले बर्तमान सरकारले बिगतका सरकारले शुरुवात गरेको दिर्घकालिन महत्वका योजनाको बजेट कटौति गरेको आरोप लगाउनुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी, वडा अध्यक्ष धनबहादुर खाती क्षेत्री, वडा सदस्य चन्द्रमान शेरपुञ्जाले खानेपानी आयोजना निर्माण भएपछि स्थानीयबासीको दैनिकिमा सुधार हुने बताउनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष तुलप्रसाद पुनको अध्यक्षता, गोरखबहादुर शेरपुञ्जाको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिद्ध शान्ति माबीको ब्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर शेरपुञ्जा, प्रअ छकबहादुर पुन, स्थानीय दलप्रसाद शेरपुञ्जा, उदयबहादुर शेरपुञ्जा र सिद्ध मालिका युवा क्लवका संस्थापक बालकृष्ण पुर्जाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

उपभोक्ता समितिका सचिब बिशाल पुर्जाले आयब्यय प्रस्तुत गर्नुभएको कार्यक्रममा कलाकारहरुले नृत्य र मिलन पञ्चेबाजा समूहले बाजा बजाएर खुसीयाली मनाएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...