प्रेस सेन्टर नेपालको प्रदेश समिति चयन

Sinchai Khanipani notice

पोखरा । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको शनिबार पोखरामा सम्पन्न दोस्रो अधिवेशनबाट अधिवेशनले आगामी दुई वर्षका लागि स्याङ्जाका अर्जुन काफ्लेको अध्यक्षतामा ४१ सदस्यीय प्रदेश समितिको नयाँ नेतृत्व चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा कास्कीका घनश्याम पाण्डेय, उपाध्यक्षमा बाग्लुङका राम थापा, समावेशी महिला उपाध्यक्षमा लमजुङका कमला केसी, प्रथम सचिव (महासचिब) मा म्याग्दीका सन्तोष गौतम र कोषाध्यक्षमा कास्कीका विश्वराज सुवेदी चयन हुनुभयो ।
खुला सचिवमा कास्कीका सुनिल पाण्डे, सुवास अम्गाईं,सविन जिसी, महिला सचिवमा कास्कीका सूशीला क्षेत्री, जनजाति सचिवमा बिनाकुमारी थापा र दलित सचिवमा गुणराज रोका निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक नारायण भट्टराईले जानकारी दिनुभयो ।
यसैगरी खुला सदस्यहरुमा आश क्रोम्चे तमु, राजकिरण छत्कुल्ली, सन्दीप खत्री, सागर भण्डारी, प्रनिस गिरी, विमल आचार्य, रामजी आचार्य, दीपक आचार्य, सन्तोष परियार, लिलाधर गिरी, राजकुमार ढकाल, लक्ष्मी पंगेनी, उत्तमबहादुर घर्ती र मुरारी शर्मा रहनुभएको छ । महिला सदस्यमा सविता शर्मा र सरिता खत्री, दलित सदस्यमा लक्ष्मी सुनार र खगेन्द्र विक तथा जनजाति सदस्यमा शर्मिला रोका मगर चयन हनुभएको छ ।
नवनिर्वाचित समितिलाई पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं प्रेस सेन्टरका प्रदेश इन्चार्ज त्रिभुवन पौडेलले सपथ गराउनुभएको थियो । प्रेस सेन्टरका केन्द्रीय संयोजक महेश्वर दाहाल, केन्द्रीय कार्यालय सदस्य विष्णु सापकोटा, खिलाबहादुर भण्डारी, बलराम थापा, सचिन रोका लगायतले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रदेश अधिवेशनले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, स्थानीय र प्रदेश सरकारको विज्ञापन स्थानीय सञ्चार माध्यममा प्रकाशन प्रशारण गर्नुपर्ने लगायत १० बुँदे पोखरा घोषणापत्र समेत जारी गरेको छ ।

अधिवेशन उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्मा(प्रभाकर)ले लोकतन्त्र र जनचाहना विपरित हुने कार्यलाई प्रेसले खबरदारी गर्नुपर्ने बताउनुभएको छ । जनअधिकार कुण्ठित गर्ने र संविधान च्यात्ने निरङ्कुश प्रवृत्तिका विरुद्ध प्रेस जगत्लाई आन्दोलनमा उत्रिन समेत उहाँले

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

आह्वान गर्नुभयो ।


सञ्चार जगत्लाई सामाजिक परिर्वतनको पक्षमा उभिन आग्रह गर्दै उहाँले भन्नुभयो,“सकारात्मक कुराहरुलाई प्रेसले स्थापित गर्नुपर्ने हुन्छ । पार्टीको आन्तरिक जीवनमा देखिने लोकतन्त्रका विरुद्धका कार्यमा समेत तपाईहरु बोल्नुपर्दछ । बचनले होइन कर्मले लोकतन्त्रको सेवा गर्नुपर्दछ । काम र व्यवहारले लोकतन्त्रको पक्षमा उभिने कुरा महत्वपूर्ण हुन्छ ।”
भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढंगले कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्दै मन्त्री शर्माले अनियमितताको विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी सशक्त भण्डाफोर गर्न समेत अपिल गर्नुभयो ।
समाजवादतिर अघि बढ्ने संवैधानिक अधिकार रहेको चर्चा गर्दै मन्त्री शर्माले राष्ट्रिय आत्मनिर्भरता, स्वाधिनता सहित समाजवादका लागि आवश्यक विचार, सङ्गठन, स्कुलिङ र संस्कार र व्यवहार हुनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री शर्माले प्रेस सेन्टरले जनताको आवाजहरुमा रमाउने र स्थापित हुने कार्यदिशा तय गर्न समेत सुझाव दिनुभयो ।
लोककल्याणकारी विज्ञापनलाई सबै सञ्चार संस्थाले प्राप्त गर्ने गरी व्यवस्थित गरिने जानकारी दिँदै उहाँले अनलाइन सञ्चार माध्यमको मुल्याङ्कनका लागि प्रेस काउन्सिललाई आग्रह गरिएको र सोपछि अनलाइनलाई समेत लोककल्याणकारी विज्ञापन उपलव्ध गराइने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेशका इन्चार्ज एवं पूर्वमन्त्री हितराज पाण्डेले क्रान्तिकारी पत्रकारहरुले जनताको आवाज बोल्नुपर्ने र कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा माओवादी केन्द्र गण्डकीका सचिव देवेन्द्र पराजुली, प्रेस सेन्टरका केन्द्रीय संयोजक महेश्वर दाहाल, प्रेस सेन्टरका प्रदेश इन्चार्ज एवं पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, प्रेस युनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल, प्रेस चौतारी गण्डकीका संयोजक सुष्मा पौडेल, समाजवादी प्रेस संगठनका नेता एवं पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, प्रेस सेन्टरका प्रदेश संयोजक अर्जुन काफ्ले, सहसंयोजक दीपक श्रेष्ठ, प्रदेशका नेता सन्तोष गौतम लगायतले संवैधानिक व्यवस्था अनुसार प्रेसलाई स्वतन्त्रता दिन माग गर्नुभएको थियो ।
कार्यक्रममा प्रेस सेन्टरका संस्थापक एवं पूर्व अध्यक्षद्धय लोकप्रसाद(एलपी)बञ्जारा र त्रिभुवन पौडेललाई जनपक्षिय पत्रकारिता र सङ्गठनको वृत्ति विकासमा योगदान पु¥याएकामा प्रशंसापत्रबाट सम्मानित गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...