पाखापानी र झिँमा माओवादी केन्द्रको वडा कमिटी

Gandaki Pardesh notice

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीका नेताहरु गाउँगाउँमा पुगेर टोल कमिटी गठनलाई तिव्रता दिएको छन। शनिबार रघुगंगा गाउँपालिकाको झिँ र पाखापानीमा वडा भेला तथा बेनी नगरपालिका– ९ स्थित ढोल्ठान र कोसेपानीमा टोल कमिटि गठन भएको छ ।
झिँ र पाखापानीमा नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य विनोद केसी, जिल्ला संयोजक रेशम जुग्जाली, आर्थिक विभाग प्रमुख रिमबहादुर केसी, वाइसिएल जिल्ला इन्चार्ज नगेन्द्र केसी लगायत नेताहरुको उपस्थितमा झिँ र पाखापानीमा संगठन विस्तार एवम् विभिन्न पाटी परित्याग गरी आउने ३० जना भन्दा बढीलाई पाटी प्रवेश गराइर्एको रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारीले बताउनुभयो ।
वडा भेलालाई सम्वोधन गर्दै नेताद्वय केसी र जुग्जालीले माओवादी जनयुद्धले स्थापित गरेका एजेण्डाहरुले नै मुलुकमा राजनितीको मुल नेतृत्व गरेको भन्दै दलित, जनजाती, गरिब, विपन्न र पछाडी परेका बर्ग र समुदायको अधिकार सुनिश्चित हुँदै जाँदा माओवादीका एजेण्डा स्थापित भएको जानकारी गराउनुभयो ।
वडा नम्वर ५ झिँमा भिमबहादुर विकको नेतृत्वमा ११ सदस्यीय वडा कमिटी गठन गरिएको छ । त्यस्तै वडानम्वर ६ पाखापानीमा सन्तोष विकको नेतृत्वमा २२ सदस्यीय वडा कमिटी गठन गरिएको छ । सो कमिटीको सचिवमा मिना विक सर्वसम्मत चयन भएकी छन् ।
त्यस्तै झिँमा इन्द्र विक को नेतृत्वमा १४ सदस्यीय वाईसिएल वडा कमिटी गरिएको छ भने पाखापानीमा बलबहादुर विकको नेतृत्वमा २५ सदस्यीय वाईसिएल कमिटी गठन गरिएको वाईसिएल जिल्ला इन्चार्ज नगेन्द्र केसीले जानकारी दिनुभयो ।
बेनी नगरपालिकाको वडा नम्वर ९ स्थित उपल्लो ढोल्ठानमा अम्मरबहादुर विकको नेतृत्वमा टोल कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा डोविन दर्जी र सचिवमा भविलाल दर्जी लगायतको १३ सदस्य टोल कमिटी गठन भएको वाईसियल जिल्ला अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभयो ।
त्यस्तै कोसेपानीमा दीपक कार्की नेतृत्वमा टोल कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा ध्रुव चोखाल र सचिवमा राम मिजार सहितको १९ सदस्यीय कमिटी निर्माण भएको छ । कोसेपानीमा वाईसियल टोल कमिटी पनि गठन गरिएको छ । टोल कमिटीको अध्यक्षमा अर्जुन विक, उपाध्यक्ष दामोदर शर्मा, सचिवमा सुजन विक सहितको १७ सदस्यीय कमिटी गठन भएको छ ।
टोल कमिटी विस्तारमा ढोल्ठानमा गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, वडा समिति अध्यक्ष झलक विक, सागर बानियाँ, गणेश शर्मा लगायतको उपस्थित थियो । कोसेपानीमा माओवादी बेनी नगर कमिटी अध्यक्षः शेरबहादुर केसी, वाईसियल म्याग्दीका अध्यक्ष खत्री, वाईसियल बेनी नगर कमिटी उपाध्यक्ष नवराज भण्डारी लगायतको उपस्थित संगठन विस्तार भएको थियो ।
माओवादी केन्द्रले कात्तिक २७ गते टोल, मंसिर ४ गते वडा, १३ गते पालिका र १५ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन तोकिए अनुसार जिल्लाका नेताहरु टोलटोलमा पुगेर माओवादीका एजेण्डाको प्रचारप्रसार एवम् संगठन विस्तारलाई तिव्रता दिएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...