अन्नपूर्ण युवा क्लबको भवन बनाउन सुपर घलेम्दीको सहयोग

Gandaki Pardesh notice

बेनी । सुपर घलेम्दी जलबिद्युत आयोजनाले प्रभावित क्षेत्रमा पर्ने नारच्याङमा सामुदायिक भवन निर्माणका लागि रु. दश लाख सहयोग गरेको छ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण हुन लागेको आयोजनाले बेशीगाउँमा अन्नपूर्ण युवा क्लबले बनाउन लागेको भवनलाई बिहिबार सहयोग उपलब्ध गराएको हो ।

आयोजनाको प्रर्वद्धक सुपर घलेम्दी हाइड्रोपावर प्रा.लि.का प्रबन्ध निर्देशक इञ्जिनियर मनप्रसाद कडेल र सेयरधनी अभिशेक केसीले क्लबका अध्यक्ष टक पुनलाई रु. दश लाखको चेक हस्तान्तरण गर्नुभयो ।

Shreekrishna hardwear in news

वडा अध्यक्ष चन्द्रप्रसाद फगामी सहित जनप्रतिनिधी, क्लबका प्रतिनिधी र पदाधीकारीहरुको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो । प्राप्त रकमले बेशी गाउँमा रहेको क्लबको भवनमा तला थप गरिने अध्यक्ष पुनले बताउनुभयो ।

Bhautik ministry notice about road

९.१४ मेगावाट क्षमताको उक्त आयोजना प्रभावित क्षेत्रमा सामाजिक कार्य अन्तरगत सहयोग गरिएको प्रबन्ध निर्देशक कडेलले बताउनुभयो । तीन बर्षअघि नेपाल बिद्युत प्राधिकरणसँग बिद्युत खरिद बिक्री सम्झौता भएको यो आयोजनाको बाँध घलेम्दी खोलाको मुहानमा प्रस्ताब गरिएको छ ।

घलेम्दीखोला जलबिद्युत आयोजनाको बाँधभन्दा २०० मिटरमाथि विद्युत् गृह रहने सुपर घलेम्दीको सुरुङ २.५ किलोमिटर तथा पेनस्टक पाइप एक किलोमिटरको हुनेछ । मुलुकका विभिन्न क्षेत्रमा कार्यरत इञ्जिनीयरको अगुवाइमा आयोजना निर्माण हुन लागेको हो ।

कम्पनीका अध्यक्ष अनन्तराज घिमिरे कम लागत र छोटो समयमा आयोजना निर्माण गरिने बताउनुहुन्छ । दश प्रतिशत साधारण शेयर, दश प्रतिशत प्रभावित शेयर तथा दश प्रतिशत संस्थापक शेयर रहने उक्त आयोजना रन अफ द रिभर प्रकृतिको हो ।

आयोजनाबाट उत्पादित विद्युत् चार किलोमिटर टाढा दाना सब स्टेशनमा पु¥याएर कालीगण्डकी कोरिडोरमार्फत केन्द्रीय प्रशारण लाइनमा जोडिनेछ । नारच्याङमा हाल ५ मेगावाटको घलेम्दी खोला, ४२ मेगावाटको मिस्त्री खोला जलबिद्युत आयोजना सञ्चालन भइसकेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...