पालिका अध्यक्षसहित तीन वडाध्यक्ष माओवादी केन्द्रमा प्रवेश

Gandaki Ghumau

बेनी । म्याग्दीको छिमेकी जिल्ला डोल्पाको माथिल्लाे भेगमा पर्ने डोल्पो बुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङसहित तीनजना वडाध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

बुधबार एक कार्यक्रमका बीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कर्णाली प्रदेश इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य शक्ति बस्नेत, अर्थमन्त्री जनार्दन शर्मा, पूर्वशान्तिमन्त्री तथा प्रतिनिधिसभा सदस्य सत्य पहाडीले जनप्रतिनिधिसहित दुई दर्जनभन्दा बढी युवालाई पार्टीमा स्वागत गरेका थिए।

Gunasthariya Shiksya

माओवादी केन्द्रमा प्रवेश गर्ने वडाध्यक्षहरूमा वडा नं. १ का अध्यक्ष क्याल्पो थापा भोटे, वडा नं. २ का अध्यक्ष छोइक्याप भोटे, वडा नं. ३ का अध्यक्ष पाल्जाङ लामा र वडा नं. ६ का कार्यबाहक अध्यक्ष पेम्मा वाङछुक गुरुङ रहेका छन्। जनप्रतिनिधिसँगै दुई दर्जनभन्दा बढी स्थानीय माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

Shreekrishna

प्रचण्डसहितको माओवादी केन्द्रका नेताहरू सेनाको एमआई १७ हेलिकप्टरमा उपल्लो डोल्पा पुगेका थिए। माओवादी केन्द्रमा प्रवेश गरेका जनप्रतिनिधिहरूले ६ बुँदे मागपत्रसमेत केन्द्रीय नेतासमक्ष पेस गरेका छन्।

तस्बिर गंगा दाहालको फेसबुकबाट
Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...