बेनीमा पनि छठ पर्व मनाइयो

Sinchai Khanipani notice

बेनी । बेनीमा पनि बुधबार छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले जिल्लामै पहिलो पटक बेनीमा छठ पर्व मनाएका हुन् ।
बेनी नगरपालिका–७ स्थित कालीगण्डकी नदी किनारमा छठी देवीको पुजाआजा र नदीमा गएर अर्घ दिएका छन् । सूर्यदेवको उपासना गरेर हरेक वर्षको कार्तिक शुक्ल चतुर्थी देखि सुरु भएर सप्तमीसम्म मनाइने छठले धार्मिक र सामाजिक सद्भावको सन्देश दिएको छ ।

बुधबार साँझ कालीगण्डकी नदी किनारमा पुजाआजा र अर्घ दिएका उनिहरुले बिहिबार बिहान उदाउदो सुर्यलाई अर्घ दिने तयारीमा छन् । छठको पुजाका लागि तीन दिनसम्म पानी पनी नखाई ब्रत बसेका छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

नुहाइ धुवाई शुद्ध बस्त्र लगाएर ब्रत बस्ने गरिएको बेनीमा ब्यवसाय गर्दै आउनुभएका सञ्जय ठाकुरले बताउनुभयो । वाइट नाङ्लो, कनसुप्ती, ढकना, सरबा लगायत राखिएका प्रसाद लिएर नदी किनारमा उभिएका उनिहरुले सूर्यलाई अर्घ चढाएका थिए ।

ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, फर्सी, सिंगारा, पान, सुपारी, धूप, दीप, अरतक, पात, चना आदीको प्रसाद बनाएर चढाएका थिए । छठ मनाउन जम्मा भएका मिथिलाञ्चलबासीहरुलाई बेनीमा बसोबास गर्ने अन्य समुदायले शुभकामना दिएका थिए ।

छठको पुजा गरेको देखेर अनौठो मानेका थिए । आफ्नै जन्मथलोमा जसरी बिधिपुर्वक छठ मनाएका थिए । म्याग्दीका विभिन्न ठाउँमा करिब एक सय जना तराइबासी ब्यवसायीहरु छन् । गत बर्षदेखि तराइबासीहरुले म्याग्दीमा छठ मनाउन थालेका हुन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...