बेनी बचतको २० औ साधारणसभा

Gandaki Pardesh notice

बेनी । बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औ बार्षिक साधारणसभा बुधबार तातोपानीमा सम्पन्न भएको छ ।

साधारणसभाले गत आर्थिक वर्षको प्रगति, आर्थिक, लेखापरिक्षण प्रतिवेदनका साथै आगामी वर्षको कार्ययोजना पारित गरेको छ । संस्थाका अध्यक्ष रमेश गिरीले आर्थिक वर्ष २०७७÷७८ मा ४५ करोड ५४ लाख ३२ हजार ५२३ रुपैयाँ निक्षेप संकलन र ३० करोड ९५ लाख १४ हजार ९४२ रुपैयाँ लगानी भएको जानकारी दिनुभयो ।

यसैगरी बिभिन्न शिर्षकमा ३० लाख १६ हजार १७८ रुपैयाँ राजस्व तिरेको सहकारीले कोरोना प्रभावित सेयर सदस्यहरुलाई सहुलियत ब्याजदरमा छ करोड सात लाख ९७ हजार ५६१ रुपैयाँ लगानी गरिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

गत बर्ष एक करोड दुई लाख ३८ हजार ४८८ रुपैयाँ मुनाफा गरेको सहकारीले लकडाउनले आफ्नो ब्यवसायमा परेको असरका कारण शेयर सदस्यहरुको कर्जाको ब्याज तथा हर्जना वापतको ३१ लाख ३१ हजार ५०३ रुपैयाँ छुट दिएको छ ।

Bhautik ministry notice about road

साधारणसभाको अवसरमा उत्कृष्ट कमृचारी प्रबन्धक सज्जन शाक्य, उत्कृष्ट कारोबारकर्ता यजनलाल शाक्य र नमस्ते कृषि सहकारी संस्था लिमिटेडलाई सम्मान गरिएको थियो । यसैगरी मिनबहादुर कार्कीलाई जेष्ठ नागरिक सम्मान, अंगद श्रेष्ठ, अबिरकुमार श्रेष्ठ, बेनबहादुर शाही, भेजबहादुर रावल र दलप्रसाद श्रेष्ठलाई बेनी बचत आजिवन सहारा प्रदान गरिएको थियो ।

गत बर्ष मौवाफाँटको ज्ञानोदय माबीमा सञ्चालित दृष्टिबिहिन स्रोत कक्षलाई २५ हजार र बेनपा ५ की मुटु र पक्षघातका बिरमी बिदुरी दर्जीलाई पाँच हजार ५५५ रुपैयाँ सहयोग गरेको थियो ।

पुर्ब अध्यक्ष शिवकुमार श्रेष्ठ र उत्कृष्ट कारोबार गर्ने सेयर सदस्य यजनलाल शाक्यले उद्घाटन गर्नुभएको कार्यक्रम अध्यक्ष रमेश गिरीको अध्यक्षता, उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठको स्वागत र सचिब माधबप्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

बेनी बचतले आगामी बर्ष लगानीलाई ४० करोड रुपैयाँ पु¥याउने, बिद्युतीय कारोबारको प्रबिधी भित्र्याउने, असल ऋषिहरुलाई हरियो कार्ड उपलब्ध गराउने, शेयर रकम बढाएर पाँच करोड ४४ लाख बनाउने लगायतका कार्यक्रम बनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...