१ मंसिरमा काँग्रेस म्याग्दीको अधिवेशनको तयारी

Sinchai Khanipani notice

बेनी । नेपाली काँग्रेस म्याग्दीको यही कात्तिक २७ गते तय भएको प्रदेश निर्बाचन क्षेत्र र मंसिर १ गते हुने सातौ जिल्ला अधिवेशनको तयारी तिब्र पारिएको छ ।

बेनी स्थित पार्टी कार्यालयमा मंगलबार बसेको जिल्ला कार्यसमिति बैठकले तोकिएको मितिमै प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन गर्ने निर्णयका साथै आवश्यक तयारीलाई तिब्र बनाउने निर्णय गरेको छ ।

Bhautik ministry notice about road

यसअघि पटक पटक सर्दै आएको काँग्रेसको अधिवेशनको मिति तय भएसँगै आकांक्षी नेताहरुको सक्रियता र कार्यकर्ताको चहलपहल बढेको छ । सभापतिका लागि वर्तमान जिल्ला सभापति खम्बिर गर्बुजा र पुर्ब सभापति तथा संबिधानसभा सदस्य रेशमबहादुर बानिया आकाक्षी देखिनुभएको छ ।

Shreekrishna hardwear in news

म्याग्दीका ६ स्थानीय तहमध्ये चार वटामा सर्वसम्मत नेतृत्व चयन भएपनि बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा गर्वुजा र बानियाँ पक्षबिच चुनाबी प्रतिस्पर्धा भएको थियो । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले म्याग्दीमा अधिवेशन गराउन निरञ्जनलाल राजभण्डारीलाई निर्वाचन अधिकृतको रुपमा खटाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...