अमेरिकी दुतावासको सहयोगमा ’लो गेकर’ गुम्बा पुननिर्माण शुरु

Gandaki Pardesh notice

बेनी । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा रहेको ‘लो गेकर’ गुम्बाको पुननिर्माण शुरु भएको छ ।

काठमाडौ स्थित अमेरिकी दुतावासको सहयोगमा मराङ गाउँस्थित ऐतिहाँसिक ‘लो गेखर’ गुम्बाको पुनर्निर्माण शुरु भएको हो । अमेरिकी दुतावासले गुम्बा पुननिर्माणका लागि दुई लाख ८५ हजार अमेरिकी डलर खर्च गर्ने जनाएको छ ।

Bhautik ministry notice about road

अमेरिकी सांस्कृतिक संरक्षण कोषको अनुदान सहयोगमा गुम्बा पुननिर्माण गर्न लागिएको दुताबासले सोमबार जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । गण्डकी प्रदेशसभा सदस्य महेन्द्र थकाली, दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ सोम्फेल बिष्ट (राजु) र अमेरिकी दुतावासका पब्लिक अफेयर्स अफिसर ग्यारेट विल्करसनले हालै गुम्बा पुननिर्माणको शुरुवात गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

धार्मिक बिधी अनुसार पुजाआजा गरेर पुननिर्माण शुरु गरिएको हो । सन २०२३ मा गुम्बा पुननिर्माण गरिसक्ने दुताबासले जनाएको छ । ‘लो गेखर’ तिब्बती बौद्धमार्गीहरुको सवैभन्दा पुरानो मध्येको एक महत्वपूर्ण गुम्बा हो ।

पुनःनिर्माण पछि गुम्बाको कलाकृतिहरुको अभिलेख रहने र भविष्यमा धर्मावलम्बी, पर्यटकहरुले सहजरुपमा सो सम्पदाको भ्रमण गर्न सक्नेछन् । बि.स. २०७२ को भूकम्पका कारण गुम्बा जिर्ण बनेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...