ससुरालीबाट फर्कदै गरेका भिमबहादुर सम्पर्कबिहिन

Gandaki Pardesh notice

बेनी । ससुरालीबाट घर फर्कदै गरेका म्याग्दीका एक ब्यक्ति तीन दिनदेखि सम्पर्कबिहिन छन् ।

बेनी नगरपालिका–१ अर्जमका ५३ वर्षीय भिमबहादुर श्रेष्ठ शनिबार देखि सम्पर्कबिहिन हुनुहुन्छ । आफन्त र सम्भावित ठाउँमा नभेटिएपछि परिवारले सोमबार जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएका छन् ।

Bhautik ministry notice about road

बेनी नगरपालिका–३ डाडाखानी स्थित ससुरालीदेखि घर हिडेका श्रेष्ठ गन्तब्यमा नपुग्दै सम्पर्क बिहिन हुनुभएको हो । प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले बेपत्ता श्रेष्ठको खोजी प्रहरी परिचालन र अनुसन्धान शुरु गरिएको बताउनुभयो ।

Shreekrishna hardwear in news

आइतबार र सोमबार दिनभर श्रेष्ठका आफन्तहरुले खोजी गरेका थिए । सोमबार दिउँसो बेनी नगरपालिका–३ तोराखेतको जरिबिसाउना भन्ने ठाउँमा भिमबहादुरले लगाएको टोपी भेटिएको उहाँका आफन्त जिबन श्रेष्ठले बताउनुभएको छ ।

टोपी भेटिएको ठाउँमा झार र घाँस भाचिएको छ । टोपी र लटपटिएको झारलाई आधार मानेर बेपत्ताको खोजी र अनुसन्धान तिब्र बनाएको प्रनाउ राइले बताउनुभयो । घटनास्थलको प्रकृति हेर्दा झैझगडा भएको प्रारम्भिक अनुमान गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...