रत्नेचौर खेलमैदानमा दुई कोठे भवन निर्माण

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर खेलमैदान परिसरमा दुई कोठे सामुदायिक भवन निर्माण भएको छ ।

संघीय सरकारको सहयोगमा निर्माण भएको भवनको एक÷एक वटा कोठा आइतबार रत्नेचौर जागरण समूह र रत्नेचौर युवा क्लबको कार्यालय सञ्चालनका लागि हस्तान्तरण गरिएको छ ।

भवन हस्तान्तरण गर्नुहुदै प्रतिनिधीसभा सदस्य भुपेन्द्रबहादुर थापाले रत्नेचौर खेलमैदानलाई धौलागिरी क्षेत्रकै ठुलो र ब्यवस्थित खेलमैदान बनाउन क्रमागत योजनामा समावेश गरेर बजेट ब्यवस्थापन गरेको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

गत बर्ष प्राप्त दश लाख रुपैयाँ बजेट मध्य रु. सात लाखले दुई कोठे भवन, रु. एक लाख पचास हजारले नाली निर्माण र रु. एक लाख पचास हजारले खेलमैदान सम्माउने काम भएको वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य थापाले रत्नेचौर जागरण समूहका अध्यक्ष मन्नु रावल र रत्नेचौर युवा क्लवका अध्यक्ष रत्न केसीलाई भवनको चाबी हस्तान्तरण गर्नुभएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा रु. पचास लाख बजेटबाट प्याराफिट निर्माण, त्यसअघिको रु. दश लाखले स्टेज र त्यसअघिको रु. दश लाखले घेराबार गरिएको थियो । यस वर्ष पनि रु. दश लाख बिनियोजन भएको सांसद थापाले बताउनुभयो ।

धौलागिरि क्षेत्रकै ठूलो क्षेत्रफल भएको खेलमैदान बनाउन आवश्यक पर्ने जग्गा भएका कारण यसलाई रंगशालाकै रुपमा अघि बढाउन लागिएको उहाँले बताउनुभयो । हाल १६० मिटर लम्बाई र १०० मिटर चौडाई भएको खेलमैदानलाई अझै विस्तार गर्न सकिने जग्गा छ । ११÷११ जना खेलाडीलाई फुटबलका साथै एथलेटिक्स र दौड प्रतियोगिता सञ्चालन गर्न सकिन्छ । बागलुङ, म्याग्दी र पर्वतको पायक पर्ने ठाउँ भएकाले रत्नेचौर खेलमेदानमा पूर्वाधार भएमा ठूला खेल प्रतियोगिता सञ्चालन गर्न सकिन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...