गुर्जामा स्वास्थ्य शिविर

Sinchai Khanipani notice

बेनी, म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा शुक्रबार निशूल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

कोरियन नागरिक जङयोङ चोल र लिङ जङभी को आर्थिक सहयोगमा सञ्चालन भएको शिबिरबाट एक सय जना भन्दा बढीले सेवा लिएका वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

गुर्जामा जन्मिएर पोखराको चरक अस्पतालमा कार्यरत डाक्टर लोकेन्द्र छन्त्यालको समन्वयमा शिविर सम्पन्न भएको हो । स्वास्थ्य परिक्षण र औषधी वितरण गरिएको थियो । शिविरमा डाक्टर छन्त्यालको टोलीलाई गुर्जा स्वास्थ्य चौकीका अनमी चोलमायाँ छन्त्यालले समेत सहयोग गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

बिगतमा समेत भ्रमणमा आउँदा गुर्जामा शिक्षा क्षेत्रमा सहयोग गर्दै आएका कोरियन नागरिकले यस बर्ष स्वास्थ्य शिविर आयोजना गरेका हुन् । रोजगारको शिलसिलामा कोरियामा बसेर फर्कनुभएका स्थानीय हिराबहादुर छन्त्याल र रेशम छन्त्यालको सक्रियतामा शिविर सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...