म्याग्दीकी रेग्मीलाई स्व.हरिश्चन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कार

Gandaki Pardesh notice

बेनी । म्याग्दीकी पत्रकार रेखाकौशल रेग्मी स्वः हरिश्चन्द्र वाग्ले क्रियाशिल महिला पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

क्रियाशील पत्रकार महिला (डब्लु डब्जु जे ) गण्डकी प्रदेश समितिद्वारा संचालित पुरस्कार विहिवार एक कार्यक्रम वीच गण्डकी प्रदेश सरकारका कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले रेग्मीलाई प्रदान गर्नुभएको थियो ।

Bhautik ministry notice about road

विगत दुई दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशील रेग्मी नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक उपाध्यक्ष हुनुहुन्छ भने क्रियाशील पत्रकार महिला (डब्लु डब्जु जे ) म्याग्दीका संस्थापक अध्यक्ष हुनुहुन्छ ।

Shreekrishna hardwear in news

पुरस्कार चयनका लागि प्रतिभा छनौट समिति गठन गरिएको थियो । अग्रज पत्रकार कृष्ण प्रसाद वास्तोला संयोजक रहेको प्रतिभा छनौट समितिले रेग्मीलाई पुरस्कारका लागि सिफारिस गरेको थियो । शिक्षासेवी स्व.हरिश्चन्द्र वाग्लेको स्मृतिमा वाग्ले परिवारद्वारा स्थापना गरिएको पुरस्कारबाट गत वर्ष पोखराका क्रियाशील पत्रकार दुर्गा अधिकारी सम्मानित भईसक्नु भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...