बेनीको मंगलाघाटमा झिनियाको ब्यापार फस्टाउँदो

Sinchai Khanipani notice

बेनी । म्याग्दी सदरमुकाम बेनीमा झिनीया र सेल रोटीको ब्यापार फस्टाउदै गएको छ । यस वर्षको दशैँ र तिहारको अवधिमा लाखौको झिनीया र सेल रोटीको ब्यापार भएको छ ।

बेनीका झिनीया उत्पादक तथा ब्यापारीहरुका अनुसार दसै तिहारको एक महिनाको अवधिमा एक जनाले रु. एक लाख देखि रु. दुई लाखको बिक्री गरेका छन् । बेनीमा झिनीया उत्पादन गरेर बिक्री गर्ने उद्यमीहरुको संख्या बिस जना भन्दा धेरै छ ।

Shreekrishna hardwear in news

मंगलाघाटका उद्यमी हरिकुमार श्रेष्ठले दसै तिहारको अवधिमा झिनीयाको माग अत्याधिक भएको बताउनुभयो । माग पुरा गर्न नसकेको उहाँको भनाई छ ।

Bhautik ministry notice about road

घरमा बनाउन झञ्जट हुने, बिग्रने डर र कोसेली लैजान सजिलो हुने भएकाले कोशेलीका लागि झिनीया किन्ने गरेका खबराकी देबी शर्माले बताउनुभयो ।

झिनीया आकार अनुसार प्रतिगोटा रु. दश देखि रु. पन्ध्रमा बिक्री हुन्छ । सिप भएकाहरुलाई फुर्सदको समय सदुपयोगका साथै आयआर्जनको अवसर छ । हेर्दा आकर्षक, खानलाई स्वादीलो, सजिलो तथा तयारी खाजाको रुपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा झिनीया रोटीको खपत धेरै हुने गर्छ ।

चामलको पिठो पकाएर त्यसलाई मेसीनमा पेलेर निस्कने चाउचाउको जस्तो त्यान्द्रोलाई घाममा सुकाएपछि बन्ने झिनीया घ्यू, तेलमा फ्राई गरेर खान योग्य हुने मंगलाघाटकी उद्यमी कल्पना श्रेष्ठले बताउनुभयो । बनाउन झञ्जटीलो भएपनि झिनीयाको ब्यापार गर्नेहरुको कमाई भने राम्रो छ ।

ग्राहक घरमै आउने भएकाले बजारको समस्या छैन् । स्वास्थ्यकर्मीहरु भने झिनीया बनाउँदा, सुकाउँदा, भण्डारण र उपभोग गर्दा सरसफाईमा ध्यान दिनुपर्ने बताउँछन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...