सिंगामा ब्यवसायिक फुल खेती

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा ब्यवसायिक फुल खेती गरिएको छ ।
तिहार पर्व र जिल्लामा आयोजना हुने कार्यक्रमहरुलाई लक्षित गरेर हरियाली ग्रुप प्रा.लीले ब्यवसायिक फुल उत्पादन गरेको हो । आँगेबगर र सिंगामा दुई÷दुई रोपनी क्षेत्रफलमा फुल खेती गरिएको हरियाली ग्रुप प्रा.लीका सञ्चालक सेरबहादुर केसीले बताउनुभयो ।

बागलुङ, बेनी, कुश्माको बजार र सिंगा आसपासका क्षेत्रमा प्रतिकिलो रु. तीन सयका दरले फुल बिक्री शुरु गरेका छन् । सिंगा र वरपरका ठाउँबाट तिहारका लागि फुलको अत्याधिक माग आएको सञ्चालक केसीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

हरियालीले बिगत ३ बर्षदेखि ब्यवसायिक फुुल खेती गर्दै आएको छ । यसअघिका बर्षमा उन्नत जातको सयपत्री फुल खेती गरेको थियो । यसबर्ष धेरै समय टिक्ने स्थानीय सयपत्री जातको बिरुवा लगाएका छन् । उत्पादन र बिmत्री राम्रो भएको सञ्चालक केसीले बताउनुभयो ।

अघिल्ला बर्षहरुमा एक देखि डेढ लाख रुपैयाँ मूल्य बराबरको फुल बेचेको फार्मले यसपाली अझ बढी बिक्री हुने अनुमान गरेको छ । तिहारमा पुजाआजा र माला बनाउन फुलको प्रयोग हुन्छ । अन्य समय पुजाआजाका साथै सभा समारोह आयोजना गर्दा पनि अतिथिलाई स्वागत गर्न माला लगाईदिदा फुल आवश्यक पर्छ ।

बेनी बजार र आसपासका क्षेत्रमा घरायसी प्रयोजनका लागि लगाएको फुलको बोटबाट बढी उत्पादन भएमा मात्र फुल बेच्ने चलन छ । केही बर्षयता तिहारमा बजार वरपरका ग्रामिण क्षेत्रका कृषकले फुल बेच्न आउन थालेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...