रघुगंगाका शिक्षकलाई बिषयगत तालिम

Sinchai Khanipani notice

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको अमर माबिमा आधारभूत तहका शिक्षकहरुको लागि तेस्रो चरणको बिषयगत तालिम सम्पन्न भएको छ ।

कात्तिक ११ देखि १६ गतेसम्म सञ्चालन भएको तालिममा झिँ, पाखापानी, चिमखोला र कुइनेमंगलेका ८७ जना शिक्षकहरुको सहभागिता थियो । क्वालिटी एजुकेशन नेपाल अस्टे«लीया र रघुगंगा गाउँपालिकाको आर्थिक सहयोग तथा शिक्षा बिकास तथा समन्वय इकाईको समन्वयमा सम्बृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)को आयोजनामा तालिम सञ्चालन भएको हो ।

तालिममा बिज्ञान, अंग्रेजी, सामाजिक, संगित र नृत्यसँग सम्बन्धित बिषयमा लर्नका कार्यक्रम ब्यवस्थापक मिन शाही, शिक्षा बिकास अधिकृत गोपाल ढुङ्गेल, रिड नेपालका कार्यक्रम ब्यवस्थापक राजेन्द्रप्रसाद पन्त, यम गुरुङ लगायतले सहजिकरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले उद्घाटन गर्नुभएको तालिमको समापन प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले गर्नुभएको थियो । पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जा र गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुबेदीको समेत उपस्थिति थियो ।

Bhautik ministry notice about road

सिकाई उपलब्धी बढाउन कक्षा कोठामा शैक्षिक सामग्री प्रर्दशनी गरेर बालमैत्री शिक्षण बिधी अपनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । शैक्षिक सामग्री निर्माण र त्यसको कक्षाकोठामा प्रर्दशनी गर्ने बिषयमा सैद्धान्तिक तथा ब्यवहारिक बिषयमा जानकारी गराइएको थियो ।

अन्नपूर्ण गाउँपालिकामा बिगत ८ बर्षदेखि सञ्चालित शैक्षिक उन्नयन कार्यक्रम रघुगंगा गाउँपालिकाको अमर माबि पाखापानी स्रोत केन्द्रमा बि.स. २०७६ देखि शुरु भएको थियो । कार्यक्रमका लागि रघुगंगा गाउँपालिका र क्वालिटी एजुकेशन नेपाल अस्ट्रेलीयाले ५०÷५० प्रतिशत लागत साझेदारी गरेका गाउँपालिकाका शिक्षा अधिकृत कृष्ण सुबेदीले बताउनुभयो ।

यो कार्यक्रम लागू भएको बिद्यालयको आधारभूत तह बालकक्षा देखि कक्षा ५ सम्मको कक्षा कोठामा शिक्षक र बिद्यार्थीहरुले शैक्षिक सामग्रीको प्रर्दशनी गरेका छन् । पाठ्यक्रसँग मिल्ने शैक्षिक सामग्रीले बिद्यार्थीहरुको सिकाई उपलब्धी बढाउन र दिगो बनाउन सहयोग पुगेको शिक्षकहरुले बताएका छन् । यसैगरी बिद्यार्थीहरुलाई रमाइलोका लागि नाच्दै गाउँदै पढाउने गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...