ताकममा अस्पताल भवन निर्माण शुरु

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा पालिका स्तरीय अस्पतालको भवन निर्माण शुरु भएको छ ।

संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार ताकममा भवन निर्माण हुन लागेको हो । धवलागिरी गाउँपालिकाका इञ्जिनियर सोबिन जिसीले पाँच शैया क्षमताको अस्पतालका लागि दुई तले १६ कोठे दुई तले भवन निर्माण शुरु भएको जानकारी दिनुभयो ।

“आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधी भण्डारण, उपचारका लागि छुट्टा–छुट्टै कक्ष सहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो,” उहाँले भन्नुभयो “आगामी २०७९ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।”

Shreekrishna hardwear in news

भवन निर्माणका लागि बिएम–आइएस–एसी जेभी बुर्तिबाङ बागलुङले रु. चार करोड ७९ लाख ४० हजार ३३४ मा ठेक्का सम्झौता गरेको छ । बिद्युतीय माध्यमबाट भएको ठेक्का प्रतिस्पर्धामा छ वटा कम्पनी सहभागि थिए । गत चैत महिनामा सम्झौता गरेको ठेकेदारले जग्गा ब्यवस्थापन सकेर पिल्लर ठडाई भुई ढलान (डिपिसी) सकेको छ ।

Bhautik ministry notice about road

निर्धारित समय भित्रनै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य सहित औजार, निर्माण सामग्री जुटाएर मजदुर परिचालन गरेको निर्माण ब्यवसायीले बताएका छन् । बि.स. २०७७ पुषमा भएको धवलागिरीको बिशेष गाउँसभाले ताकममा पाँच शैया क्षमताको अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो ।

निर्णय अनुसार गत बर्षदेखिनै ताकम स्वास्थ्य चौकीमा स्थापना भएको कोरोना अस्थायी अस्पताललाई निरन्तरता दिइएको छ । एक जना चिकित्सक, दुई जना नर्सका साथै ताकम स्वास्थ्य चौकीका मौजुदा जनशक्तिले सेवा दिइरहेका छन् । धवलागिरीको वडा न. ७ मै पर्ने अर्को बस्ति धारापानीमा गत बर्ष स्थापना भएको स्वास्थ्य चौकी र वडा न. ३ मुना स्वास्थ्य चौकीको भवन पनि निर्माण भइरहेको छ ।

ताकममा अस्पताल सञ्चालन भएपछि भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरीका बासिन्दालाई स्वास्थ्य उपचारमा सहज भएको छ । चिकित्सकको सेवाका लागि दरबाङ, बेनी, बागलुङ, पोखरा लगायत बजारमा पुग्नुपर्ने बाध्यता कम भएको छ । गाउँ गाउँमा चिकित्सक पुगेर घुम्ति शिविर सञ्चालन गरि सेवा दिएका छन् ।

धवलागिरीको ताकमका साथै मंगला र अन्नपूर्ण गाउँपालिकाले पनि आधारभूत अस्पताल भवन निर्माण शुरु गरेका छन् । मंगलाले अर्मन स्वास्थ्य चौकीको भवन परिसर र अन्नपूर्ण गाउँपालिकाले वडा नम्बर १ दोबामा अस्पताल भवन निर्माण गर्न लागेका छन् । अस्पताल बनाउन सरकारले गत आवमा अन्नपूर्ण र धवलागिरी गाउँपालिकालाई रु. ७०÷७० लाख, रघुगंगा र मंगला गाउँपालिकालाई रु. ८५÷८५ लाख रुपैयाँ बजेट पठाएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...