म्याग्दीका पत्रकार धिरन खत्रीलाई कृष्णसेन मदन स्मृति पत्रकारिता पुरस्कार प्रदान

Gandaki Kotihome

बेनी, कृष्ण सेन–मदन स्मृति पत्रकारिता पुरस्कार–२०७८ म्याग्दीका क्रियाशील पत्रकार धिरन खत्रीलाई प्रदान गरिएको छ ।

प्रेस सेन्टर नेपाल म्याग्दीको मंगलबार बेनीमा भएको चौथो जिल्ला सम्मेलनको अवसरमा खत्रीलाई रु. सात हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

बेनीबाट सञ्चालन हुने कोरलापोष्ट अनलाइनका प्रकाशक खत्री कारोबार दैनिक, एभिन्युज टेलिभिजन र सम्बृद्ध साप्ताहिक पत्रिकामा आवद्ध हुनुहुन्छ । उहाँ करिब एक दशकदेखि म्याग्दीको पत्रकारितामा क्रियाशिल हुनुहुन्छ ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्री देबेन्द्र पौडेल, नेकपा माओवादी केन्द्र म्याग्दीका इञ्चार्ज तथा संबिधानसभा सदस्य गोबिन्द पौडेल, सहिद मदन केसीका भाई तथा गण्डकी प्रदेशसभा सदस्य बिनोद केसी, माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली, प्रेस सेन्टरका प्रदेश संयोजक अर्जुन काफ्ले, पत्रकार महासंघका प्रदेश कोषाध्यक्ष राजेन्द्र न्यौपाने लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

वि.स २०७२ मा चलचित्र भिमदत्तको बिशेष प्रर्दशनी गरेर तत्कालीन क्रान्तिकारी पत्रकार संघले रु. ७५ हजार राशीको कोष स्थापना गरेको थियो । कोषमा प्रदेशसभा सदस्य बिनोद केसीले जनयुद्धमा दिवंगत हुनुभएका दाजु मदनको स्मृतिमा दुई वर्षअघि रु. ५० हजार सहयोग गर्नुभएको थियो ।

अक्षयकोषको ब्याजबाट प्रत्येक दुई वर्षमा म्याग्दीमा क्रियाशिल एक जना पत्रकारलाई पुरस्कृत गरिदै आएको छ । सम्मेलनबाट कमल खत्रीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटि चयन भएको छ ।

कमिटिको उपाध्यक्षमा पदम बिश्वकर्मा, आशिका मल्ल, सचिबमा धिरन खत्री र कोषाध्यक्षमा प्रिया कार्की चयन हुनुभएको छ । सम्मेलनले कार्यसमिति सदस्य, प्रदेश र केन्द्रिय परिषद् सदस्य पनि सर्बसम्मत चयन गरेको अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...