पढ्दै कमाउदै कार्यक्रम कार्यान्वयनको तयारी गरेको शिक्षा मन्त्री पौडेलको भनाई

Gandaki Pardesh notice

बेनी । शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्री देबेन्द्र पौडेलले मन्त्रालयले पढ्दै कमाउदै कार्यक्रम कार्यान्वयनको तयारी गरेको बताउनुभएको छ ।

म्याग्दीको बेनीमा मंगलबार भएको कार्यक्रममा मन्त्री पौडेलले बिपन्न समुदायका बिद्यार्थीको उच्च शिक्षामा पहुँच बढाउन प्रतिस्थापन बिधेयक मार्फत ल्याएको पढ्दै कमाउदै कार्यक्रम कार्यान्वयनका लागि कार्यबिधी अन्तिम चरणमा पुगेको बताउनुभयो ।

“पढ्दै कमाउदै, राष्ट्रपति शैक्षिक सुधार र भूकम्पबाट क्षतिग्रस्त बिद्यालय भवन पुननिर्माणमा मन्त्रालयले प्राथमिकता दिएको छ,” उहाँले भन्नुभयो “भूकम्प प्रभावित ३१ जिल्लामा चलिरहेको बिद्यालय भवन पुननिर्माण कार्यक्रमलाई पुर्णता दिन मन्त्रीपरिषद् बैठकले आवश्यक जनशक्तिको दरबन्दी स्विकृत गरेको छ ।”

Shreekrishna hardwear in news

अस्थायी शिक्षकको माग सम्बोधनका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताउदै मन्त्री पौडेलले तत्काल गर्नुपर्ने कामहरुलाई प्राथमिकिकरण गरेर तीन महिने कार्ययोजना बनाउन लागेको जानकारी दिनुभयो ।

संघीय शिक्षा ऐन ल्याउन अध्ययन र सत्ता साझेदार दलहरुबीच छलफल चलिरहेको मन्त्री पौडेलले बताउनुभयो । शिक्षक सेवा आयोगले थप सत्र हजार शिक्षकको पदपुर्ति गर्न प्रक्रिया थालेको र नियमावली संसोधन गर्न संसदीय समितिमा प्रस्ताव गरिएको बताउनुभयो ।

Bhautik ministry notice about road

प्रेस सेन्टर म्याग्दीको चौथो जिल्ला सम्मेलनको उद्घाटन गर्न आउनुभएका मन्त्री पौडेल जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई र एकिकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना स्वागत कार्यक्रममा सहभागि हुनुभएको थियो ।

मन्त्री पौडेललाई इकाईका प्रमुख दलबहादुर थापाले जिल्लाको शैक्षिक गतिबिधी, बिद्यालय भवन पुननिर्माण र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।

प्रेस सेन्टरको सम्मेलन उद्घाटन समारोहमा मन्त्री पौडेलले सकारात्मक परिवर्तनका लागि सञ्चार क्षेत्रको रचनात्मक आलोचना र खबरदारी आवश्यक रहेको बताउनुभयो । “समग्र बिकास र शुसासनका लागि पत्रकारिता क्षेत्र बलियो हुनुपर्छ,” उहाँले भन्नुभयो “प्रेस स्वतन्त्रता र पत्रकारिताको बिकासमा सरकार प्रतिवद्ध छ ।”

मन्त्री पौडेलले म्याग्दीको बिकासका साथै जलबिद्युत, पर्यटन, कृषि, पशुपालन क्षेत्रमा रहेको सम्भावना तथा समस्या उजागर गरि समाधानका उपाय पहिल्याउन पत्रकारिता मार्फत भूमिका निर्बाह गर्नुपर्ने बताउनुभयो ।

बाग्लुङबाट प्रतिनिधीसभामा प्रतिनिधित्व गर्नुहुने मन्त्री पौडेलले म्याग्दी लगायत समग्र धौलागिरी क्षेत्रको बिकासमा आफ्नो तहबाट प्राथमिकताका साथ सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...