बिकास आयोजनालाई गति दिन जिल्ला सभाको निर्देशन

Sinchai Khanipani notice

बेनी । जिल्ला समन्वय समिति म्याग्दीको छैठौ जिल्ला सभा सोमबार बेनीमा सम्पन्न भएको छ ।

सभाले ढिलासुस्तिले थलिएका बिकास आयोजनालाई गति दिन सम्बन्धित निकाय, आयोजना र निर्माण ब्यवसायीलाई ताकेता गर्ने निर्णय गरेको छ । जिसस प्रमुख देबेन्द्र केसीले ठुला आयोजनालाई समयमै सम्पन्न गराउनका लागि निर्माण ब्यवसायी र सम्वन्धी कार्यालय ध्यानाकर्षण गराउने निणर्य भएको जानकारी दिनुभयो ।

बेनी– जोमसोम सडकको म्याग्दी खण्ड, बेनी– दरवाङ, रत्नेचौर– बेनी, गलेश्वर– पिप्ले– भगवती सडक, पोखरेबगर– चित्रे सडक, राहुघाट जलविद्युत आयोजना,े बेनी अस्पतालको निर्माणधिन भवन, कालीगण्डकी, रघुगंगा र म्याग्दी नदीमा बन्दै गरेको पुल, खानेपानी आयोजना निर्माणमा ढिलासुस्ति भएकाप्रति सभाले ध्यानाकर्षण गराएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, जिसस सदस्यहरुको उपस्थितीमा सभा भएको थियो । ‘‘ठुला विकास आयोजनामा भएको ढिलासुस्तीप्रति निर्माण ब्यवसायीले पर्याप्त जनशक्ति, र उपकरण परिचालन नगरेको कारण विकास आयोजना ढिलासुस्ती भएको निष्कर्ष जिल्ला सभाले निष्कर्ष निकालेको छ,” केसीले भन्नुभयो ।

बेनी–जोमसोम सडक अन्तरगत गलेश्वर, महभिर र पोखरेबगरको बेलिब्रिज स्थानान्तरण गर्ने प्रस्ताव जिल्ला सभाले पारित गरेको जिसस सदस्य सेरबहादुर केसीले बताउनुभयो । जिससका लागि संघ र प्रदेशबाट प्राप्त बजेट जिल्ला सभाले स्विकृत गरेको छ । दुखुखोला र स्वाँता खोलाको पुलको संरक्षणमा आवश्यक बजेट विनियोजनका लागि सम्वन्धीत मन्त्रालयमा ध्यानाकर्षण गराउने निणर्य समेत सभाले गरेको छ ।

जिल्लामा ठुला विकास आयोजनाहरुलाई समयमै सम्पन्न गराउन स्थानीय तहले समन्वयात्मक भूमिकाबाट अनुगमन, निरिक्षण र सम्वन्धीत निर्माण ब्यवसायीलाई ताकेता गर्नुपर्नेमा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले जोड दिनुभएको थियो ।

सभामा धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन, अन्नपुणर् गाउँपालिका उपाध्यक्ष केशमाया मगरले तीन तहको सरकार मिलेर बाढी पहिरो पीडितको घर पुर्ननिर्माण समयमा नहुनुमा आलोचना बढेको धारणा राख्नुभएको थियो ।

प्रजिअ चिरञ्जिवी रानाले जिल्लाको शान्ति सुरक्षा, कोभिड नियन्त्रण र मेलापर्वलाई ब्यवस्थित गराउनमा प्रशासनसंगै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी जिम्मेवार बनेर सहयोग गर्न आग्रह गर्नुभएको थियो । जिसस प्रमुख केसीको अध्यक्षता, सदस्य शेरबहादुर केसीको स्वागत, समन्वय अधिकारी जानुका सुवेदीको एजेण्डा प्रस्तुत रहेको कार्यक्रमको सञ्चालन अधिकृत शालिग्राम पौडेलले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...