जलजलामा बिद्यालय कर्मचारी परिषद् गठन

Gandaki Pardesh notice

बेनी, । पर्वतको जलजला गाउँपालिकामा बिद्यालय कर्मचारी परिषद्को स्थानीय समिति गठन भएको छ ।

बिमलप्रसाद आचार्यको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्ष सोमावती पौड्याल, सचिबमा गोबिन्द गर्बुजा, सहसचिबमा शोभा केसी, कोषाध्यक्षमा नारायण जिसी र सहकोषाध्यक्षमा जंगबहादुर मगर चयन हुनुभएको छ ।

सदस्यहरुमा बिस्शु जिसी, प्रमिला सुबेदी, कल्पना पुन, राधिका खत्री र यमुना सुबेदी चयन हुनुभएको छ । परिषद्मा जलजला गाउँपालिकाका सामुदायिक बिद्यालयमा कार्यरत लेखा सहायक र कार्यालय सहयोगीहरु आवद्ध हुनुहुन्छ ।

Shreekrishna hardwear in news

परिषद्ले सोमबार आफ्ना पेशागत समस्या समाधानका लागि गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको सचिब गर्बुजाले बताउनुभयो । अध्यक्ष आचार्यको नेतृत्वमा गाउँपालिकामा गएका परिषद्को टोलीले प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र क्षेत्रीलाई ध्यानाकर्षणपत्र बुझाएको थियो ।

Bhautik ministry notice about road

सरकारले बजेट भाषण मार्फत गरेको घोषणा अनुसार लेखा सहायक र कार्यालय सहयोगीहरुलाई न्युनतम तलबको ब्यवस्था गर्न गाउँपालिकामा माग गरिएको हो । संघीयबाट १३ हजार पाँच सय रुपैयाँ तलब आउने लेखा सहायकहरुले पालिकाले थप गर्नुपर्ने सात हजारका दरले तलब बढाउनुपर्ने माग राखेका हुन् ।

सरकारले स्थानीय तहले थप सात हजारका दरले थपेर न्युनतम मासिक १५ हजार रुपैयाँ तलब उपलब्ध गराउने घोषणा गरेपनि जलजलाका बिद्यालय सहयोगीले तहअनुसार क्रमश ः ९, १० र ११ हजार रुपैयाँ तलब पाउँदै आएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले सरकारले तलब बढाउने घोषणा गरेपनि पहिलेकै अनुपातमा मात्र बजेट पठाएको, गाउँपालिकासँग थप स्रोत नभएकाले उपलब्ध गराउन नसकिएको बताउनुभयो ।

अबको कार्यपालिका बैठकमा परिषद्ले राखेका मागको बिषयमा छलफलका लागि पेश गर्ने प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले बताउनुभयो । माग सम्बोधन नभए आन्दोलन गर्ने परिषद्ले चेतावनी दिएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...