सामाजिक बिकास कार्यालयको अभिमुखीकरण

Add Samajik bikash office

बेनी । म्याग्दीका स्थानीय तहमा महिला तथा बालबालिका क्षेत्रमा काम गर्ने कर्मचारीहरुका लागि आइतबारदेखी बेनीमा अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।

सामाजिक विकास कार्यालय म्याग्दीले महिला तथा बालबालिका क्षेत्रका कार्यरत कर्मचारीको क्षमता बृद्धि गर्नका लागि आयोजना गरेको अभिमुखीकरण तालिम दुई दिनसम्म सञ्चालन हुनेछ ।

Bhautik ministry notice about road

कार्यालय प्रमुख रमेश थापाले सामाजिक क्षेत्रमा सहयोग पुग्ने किसिमले म्याग्दी ६ स्थानीय तहमा महिला तथा बालबालिका क्षेत्रमा कार्यरत कर्मचारी, सरकारी कार्यालयमा कार्यरत कर्मचारी, गैससस्थित कार्यालयका कर्मचारीको उपस्थितमा दुई दिने अभिमुखीकरण तालिम संचालन गरेको बताउनुभयो ।

Shreekrishna hardwear in news

तालिममा सहभागिलाई कार्यालय प्रमुख थापा, डम्मर बहादुर जिसी, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना लगायतले सहजिकरण गर्नुहुने जनाइएको छ । गत भदौ २१ गतदेखि सामाजिक विकास कार्यालय बेनीमा राखिएको हो ।

महिला, बालबालिका, अपाङ्गता र बृद्ध बाआमा भएका ब्यक्तिको क्षमता विकास तालिम र उनीहरुलाई आवश्यक सामाग्रीहरु उपलब्ध गराउने कार्यक्रम बनाएको छ । सरोकारवालाहरुलाई कार्यालयको योजना तथा कार्यक्रम र बजेट जानकारी गराई कार्यान्वयनमा समन्वय तथा सहजिकरण गर्ने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको कार्यालय प्रमुख थापाले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...