जिससको समिक्षामा ठुला आयोजनामा भएको ढिलासुस्तिप्रति आक्रोश

Gandaki Pardesh notice

बेनी । म्याग्दीका ठूला बिकास आयोजना निर्माणमा भएको ढिलासुस्तिप्रति जनप्रतिनिधीहरुले आक्रोश ब्यक्त गरेका छन् ।

जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा आइतबारदेखि बेनीमा शुरु भएको बार्षिक समिक्षा गोष्ठिमा सहभागी स्थानीय तह, प्रदेश र प्रतिनिधीसभाका सदस्य तथा राजनीतिकर्मीहरुले बिकास आयोजनालाई तोकिएको गुणस्तर अनुसार निर्धारित समयभित्रै सम्पन्न गराउन सामुहिक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

संबिधानसभा सदस्य नवराज शर्मा, रेशम बानिया, गोबिन्द पौडेल, प्रदेशसभा सदस्य नरदेबी पुन र बिनोद केसी, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, छ वटै स्थानीय तहका जनप्रतिनिधी र राजनीतिक दलका प्रतिनिधीहरुले म्याग्दीका ठूला बिकास आयोजनालाई पुर्णता दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको हो ।

Shreekrishna hardwear in news

बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्ड, बेनी–दरबाङ, पोखरेबगर–चित्रे, रत्नेचौर–बेनी, गलेश्वर–पिप्ले–भगवति–बेगखोला सडक आयोजना, राहुघाट जलबिद्युत आयोजना, बेनी अस्पताल र मल्कवाङ स्वास्थ्य चौकीको भवन, मुख्य र सहायक सडकमा पर्ने खोलाहरुमा निर्माणाधिन सडक पुल, खानेपानी र नदी नियन्त्रण आयोजना निर्माणमा भएको ढिलासुस्तिले जिल्लाको समग्र बिकास प्रभाबित भएको उनिहरुको ठहर छ ।

Bhautik ministry notice about road

जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र केसीले समिक्षा कार्यक्रमको उद्घाटन समारोहमा सहभागी सबैजसो नेता र जनप्रतिनिधिले ढिलासुस्तिको बिषयमा ध्यानाकर्षण गराउदै समाधानका लागि सामुहिक पहल गर्नुपर्ने बिचार ब्यक्त गर्नुभएको जानकारी दिनुभयो ।

“निर्माण ब्यवसायीले पर्याप्त मात्रामा जनशक्ति र उपकरण परिचालन नगरेका कारण बिकास आयोजनामा ढिलासुस्ति भएको निष्कर्ष निकालिएको छ,” उहाँले भन्नुभयो “सम्बद्ध आयोजना र निकायलाई पर्याप्त बजेट ब्यवस्थापन गरि निर्माण ब्यवसायीलाई जिम्मेवार बनाएर परिचालन गर्न ध्यानाकर्षण गराउछौ ।”

बिकास आयोजनामा देखिएका समस्या पहिचान गरि सुधार र समाधानका लागि दवाव दिने उद्देश्यले समिक्षा कार्यक्रम आयोजना गरिएको जिसस सदस्य सेरबहादुर केसीले बताउनुभयो । संघीय र प्रदेश सांसद, राजनीतिक दलका प्रतिनिधी, स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, जिससका पदाधीकारी र बिषयगत कार्यालयका प्रमुखहरु सहभागी गोष्ठि सोमबारसम्म सञ्चालन हुने जनाइएको छ ।

बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र केही बिषयगत कार्यालयका प्रमुखहरुले गत आर्थिक बर्षको गतिबिधी र चालु आर्थिक बर्षको योजना सार्वजनिक गर्नुभएको थियो । सोमबार बिहान बाँकी बिषयगत कार्यालयको गतिबिधी र योजना सार्वजनिक गरी छलफल गर्ने कार्यक्रम तय भएको छ । समिक्षा सकिएपछि हुने जिल्ला सभाबाट बिकास आयोजनामा भएको ढिलासुस्तिको समस्या हटाउन साझा प्रतिवद्धतापत्र जारी गर्ने र केही नीतिगत निर्णय गरिने जिसस प्रमुख केसीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...