भूपुसैनिकको बाइस करोड कारोबार

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिका–८ कोटभण्डारटोलमा मुख्य कार्यालय रहेको भूपु सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा रु. बाइस करोड भन्दा बढीको कारोबार गरेको छ ।

शनिबार बेनीमा भएको १६ औ वार्षिक साधारणसभामा आर्थिक बर्ष २०७७÷०७८ मा कुल रु. बाईस करोड एकचालिस लाख बैसठ्ठी हजार तीन सय उनान्असी कारोबार गरेको जानकारी गराइएको हो ।

रु. १७ करोड २८ लाख ९१ हजार ४१ बचत संकलन, रु. ११ करोड ९८लाख २५ हजार १ सय ९४ कर्जा लगानी गरेको छ । १ हजार ६२४ जना शेयर सदस्य रहेको सहकारीले गत आर्थिक बर्षमा कुल रु. २ करोड १६ लाख ९५ हजार ३ सय ३३ आम्दानी र रु. १ करोड ९६ लाख ९८ हजार५ सय ६३ खर्च भएको जनाएको छ ।

Shreekrishna hardwear in news

सहकारीका अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्कीले सहकारीका मुल्य मान्यता र सिद्धान्तको पालना गर्दै योग्यता र दक्षतालाई समेत मनन गरेर सहकारी सञ्चालन गर्न सके सहकारीको दिगोपन र उत्कृष्ट व्यवस्थापन हुनेमा जोड दिनुभयो । राज्यले तीनखम्बे अर्थनीतिमा सहकारीलाई पनि बलियो र महत्वपूर्ण खम्बाको रुपमा लिएको बताउँदै सहकारीलाई नीति, विधि र प्रविधिमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

Bhautik ministry notice about road

‘‘सहकारीले अब पैसाको मात्रै कारोबार गर्दैन, यसले समग्र आर्थिक विकासमा योगदान गर्न सक्छ, त्यसका लागि अब वित्तिय क्षेत्रमा स्थापित भएका प्रविधिहरुलाई सहकारीले समेत फलो गर्दै जानुपर्छ’’–कार्कीले भन्नुभयो । कार्यक्रममा सहकारीका अध्यक्ष सुवेदीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कारोना भाइरसको संक्रमण र त्यसलाई रोकथामका लागी गरिएका लकडाउनका कारण आर्थिक क्षेत्र प्रभावित बनेको अवस्थामा समेत सहकारीले शेयर सदस्यहरुलाई सन्तोषजनक मुनाफा दिन सक्षम भएको बताउनुभयो ।

बेनीमा मुख्य र रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सेवा केन्द्र सञ्चालन गरि वित्तिय कारोबार र सेवा दिँदै आएको सहकारीले आगामी बर्षमा जिल्लाका अन्य स्थानीय तह र छिमेकी पर्वतको जलजला गाउँपालिकामा समेत सेवाकेन्द्र विस्तारको अवधारणा अघि सारेको अध्यक्ष सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार, चालु आर्थिक बर्षमा सहकारीले बार्षिक रु ३० करोड कारोबा र २० करोडको लगानी गर्ने प्रस्ताब गरिएको छ । साधारण सभामा अध्यक्ष सुवेदीले संस्थाका गतिविधि र प्रस्ताबित कार्ययोजना सहितको प्रतिवेदन पेश गर्नुभएको थियो ।

त्यसैगरि सचिब नरेन्द्र कुमार श्रेष्ठले प्रगति, कोषाध्यक्ष हिराप्रसाद श्रेष्ठले आर्थिक लेखा सुपरिवेक्षण समितिका संयोजक रामबहादुर पौडेलले लेखा सुपरिवेक्षण प्रतिवेदन पेश गर्नुभएको थियो । त्यसैगरी साविक मौवाफाँट बचत तथा ऋण सहकारी संस्था लि भूतपूर्व सैनिकमा एकिकरण भएपछि मौवाफाँट सेवाकेन्द्रको अवस्था र प्रवाह भएका सेवाहरुको बारेमा सहसचिब मुक्तिनाथ शर्माले जानकारी गराउनुभएको थियो ।

सहकारीका उपाध्यक्ष झलप्रसाद गौचनले स्वागत गर्नुभएको कार्यक्रममा संस्थापक अध्यक्ष नन्दबहादुर छन्त्याल, शेयर सदस्यद्धय कमला केसी, रामप्रसाद सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट कारोबारकर्ताको रुपमा जगन्नाथ चपाई र उत्कृष्ट कर्मचारीको रुपमा लेखापाल गिता पुन बुढाथोकीलाई दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरिएको थियो भने शेयर सदस्य लेखबहादुर हमालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...