जनगणनाका गणकहरुको तालिम शुरु

Gandaki Pardesh notice

बेनी । राष्ट्रिय जनगणना–२०७८ का लागि नियुक्त भएका गणकहरुको तालिम शनिबारदेखि बेनीमा शुरु भएको छ । जिल्ला जनगणना कार्यालय म्याग्दीले आयोजना गरेको चार दिनसम्म सञ्चालन हुने तालिमको जिसस प्रमुख देबेन्द्रबहादुर कटुवालले उद्घाटन गर्नुभयो ।


कार्यक्रममा जिसस प्रमुख कटुवाल, प्रजिअ चिरञ्जिवी राना, प्रहरी नायव उपरिक्षक श्यामकुमार राई, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धलकराज ढकाल, म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुबेदीले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
उहाँहरुले बिकासका लागि महत्वपूर्ण तथ्याङ्क जुटाउन गरिने जनगणनालाई सफल बनाउन मागेको बिबरण संकलन गर्न गणकहरुलाई आग्रह गर्नुभयो । वडा स्तरमा जनप्रतिनिधीहरुसँग समन्वय गरेर कोही नछुट्ने र कोही नदोहोरिने गरि जनगणनाका लागि घरदैलो गर्नुपर्ने बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

तालिममा बेनी नगरपालिका, अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा जनगणना गर्न नियुक्त भएका ११५ गणकहरु सहभागि छन् । उनिहरुलाई तथ्य र वास्तविकतामा आधारित तथ्याङ्क संकलन गर्ने सैद्धान्तिक तथा ब्यवहारिक ज्ञान सिप प्रदान गरिने जिल्ला जनगणना अधिकारी घनश्याम सापकोटाले बताउनुभयो ।

दोस्रो चरणमा मंगला, मालिका र धवलागिरीका गनकहरुलाई दरबाङमा तालिम दिइने भएको छ । यसअघि गत भदौ ३० देखि असोज २० गतेसम्म जिल्लाभर ४६ जना सुपरिवेक्षकहरुले सबै घरमा पुगेर घर तथा जनगणना परिवार संख्या अंकित गरेका छन् । कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म देशभर १२ औ जनगणना हुदैछ ।

आगामी जनगणनामा विपद् र घरको अवस्था लगायतका बिषयमा पनि विवरण संकलन गरिने भएको छ । जनगणनालाई सफल बनाउन जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षको नेतृत्वमा चार वटा संयन्त्र बनाइएको छ । मंगला, मालिका र धवलागिरी गाउँपालिकामा जनगणना सम्बन्धी गतिबिधि सञ्चालन गर्न दरवाङमा पनि कार्यलय स्थापना गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...