धार्मिक भ्रमणका लागि राष्ट्रपति भण्डारी मुक्तिनाथमा

Sinchai Khanipani notice

जोमसोम, राष्ट्रपति बिद्यादेबी भण्डारीले शनिबार बिहान मुस्ताङ स्थित मुक्तिनाथ मन्दिरमा पुजाआजा र भ्रमण गर्नुभएको छ ।

नेपाली सेनाको हेलिकप्टर मार्फत बिहान ९.३० बजे मुक्तिनाथमा अवतरण गर्नुभएकी राष्ट्रपतिले त्यहाँ करिब दुई घण्टा बिताएर ढोरपाटन तर्फ जानुभएको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले जानकारी दिनुभयो ।

“सम्माननीय ज्यू धार्मिक भ्रमणको शिलशिलामा मुक्तिनाथमा आउनुभएको हो,” उहाँले भन्नुभयो “मन्दिरमा पुजाआजा र दर्शन गरेर ढोरपाटन जानुभयो ।” मुक्तिनाथ मन्दिरमा पुजाआजाका साथै राष्ट्रपति भण्डारीले बिष्णुको मुर्ति अवलोकन गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

उहाँलाई प्रतिनिधीसभा सदस्य तुलाचन, संबिधानसभा सदस्य श्रीमाया थकाली, प्रदेश सभा सदस्य चन्द्रमोहन गौचन, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्वागत गर्नुभएको थियो । राष्ट्रपतिको भ्रमणलाई लक्षित गरेर मुक्तिनाथ क्षेत्रको सुरक्षा ब्यवस्था कडा पारिएको थियो ।

Bhautik ministry notice about road

उच्च स्तरको धार्मिक भ्रमणले हिन्दु र बौद्ध धर्मावलम्बिहरुको साझा तिर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रर्वद्धनमा सहयोग पुग्ने स्थानीयको अपेक्षा छ । गत बैशाख महिनादेखि देखि बन्द भएको मुक्तिनाथ मन्दिर गत असोज १० गतेदेखि तिर्थयात्री र भक्तजनहरुका लागि पुजाआजा गर्न खुलाइएको थियो ।

समुन्द्रि सतहदेखि तीन हजार ७१० मिटरको उचाइमा रहेको मुक्तिनाथलाई हिन्दु तथा बौद्ध धर्मावलम्बिहरुको साझा तिर्थस्थल मानिन्छ । शालिग्राम भगवानको लागि प्रशिद्ध मुक्तिनाथ दर्शन गरेमा मोक्ष प्राप्त हुने बिश्वास छ । शालिग्राम शिलालाई भगवान बिष्णुको रुप मानेर पूजा गरिन्छ ।

यसै ठाउँको बाटो भएर बौद्ध भिक्षु पद्मसम्भव बौद्ध धर्मको प्रचारका लागि तिब्बत भएकाले यसलाई बौद्ध धर्मावलम्बिहरुको पनि तिर्थस्थल मानिन्छ । १०८ धारामा स्नान र मुक्तिनाथ मन्दिरमा पुजाआजा तथा दर्शन पुजा गर्ने चलन छ । मन्दिर परिसरमा गुम्बा पनि रहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...