यातायात कार्यालयमा बिचौलियाको रजगज

Shreekrishna hardware

बागलुङ ÷ म्याग्दीका समेत नागरिकले सेवा लिने यातायात ब्यवस्था कार्यालय बागलुङको परिसरबाट स्वास्थ्य परिक्षण बिनै बिचौलियाले निरोगिताको प्रमाणपत्र बेच्ने गरेका छन् ।

बिचौलियाले महँगो शुल्क असुलेर निरोगिताको प्रमाणपत्रको ब्यापार गरेका हुन् । सवारी चालक अनुमतिपत्र लिन र नविकरणका लागि आवश्यक पर्ने निरोगिताको प्रमाणपत्रको ब्यापार भएको छ । निरोगिताको प्रमाणपत्रमा भएको खेलाचीले असक्षम ब्यक्तिले सवारी चालक अनुमतिपत्र पाएका र अयोग्यको अनुमतिपत्र सहजै नविकरण भएको छ ।

यातायात ब्यवस्था कार्यालय बागलुङमा सेवा लिन गएका म्याग्दीका राजेन्द्र घर्तिले बिचौलियालाई रु. चार सय तिरेर स्वास्थ्य परिक्षणनै नगराई निरोगिताको प्रमाणपत्र किनेर सवारी चालक अनुमति पत्र नबिकरण गर्न आवेदनसँगै पेश गरेको बताउनुभयो ।

Shreekrishna

“कार्यालय छिर्न नपाउँदै भेटिएका ब्यक्तिले डाक्टरसँग स्वास्थ्य परिक्षण नगराई निरोगिताको प्रमाणपत्र दिए,” उहाँले भन्नुभयो “त्यही कागज पेश गरेर सवारी चालक अनुमतिपत्र नबिकरण भयो ।” बिचौलियाहरुले चिकित्सकको दस्तखत गराएर पहिलेनै निरोगिताको प्रमाणपत्र राखेका हुन्छन् ।
अनुसूचिमा बिबरण भरेर तत्कालै निरोगिताको प्रमाणपत्र सहजै दिने गरेका छन् । बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङका नागरिकले सेवा लिने यातायात ब्यवस्था कार्यालय बागलुङको प्रवेशद्धारमै बिचौलियाहरु त्रिपाल टागेर बसेका भेटिन्छन् ।

Ban devision notice

सवारी साधन दर्ता, नबिकरण, रुट परमित जस्ता कामका लागि सेवाग्राहीबाट जथाभावी र मनोमानी शूल्क अशुल्ने गरेका बेनीका साजन पुनले बताउनुभयो । “हामीले आफै कागजात तयार पारेर जाँदा कर्मचारीले वास्तानै गदैनन्,” उहाँले भन्नुभयो “छिटो र सजिलोका लागि जति खर्च लागेपनि बिचौलीयाको सहयोग लिन बाध्य हुनुपरेको छ ।”

आफैले आवेदन भरेर जाने सेवाग्राहीहरुले कर्मचारीले कामै नगर्ने गुनासो गरे । आवेदनको फारम भर्ने, कागजात तयार पार्ने काम गर्दै आएकाहरुले लिने शुल्कको दररेट निर्धारण नहुँदा मनोमानी हिसाबले रकम असुल्ने गरेका छन् ।

तोकिएको ढाँचामा चिकित्सकले प्रमाणित गरेको निरोगिताको प्रमाणपत्र ल्याएर आउने सेवाग्राहीको काम रोक्न नमिल्ने यातायात ब्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिङ थापामगरले बताउनुभयो ।

“कार्यालयमा डाक्टरको दरबन्दी छैन । मेडिकल काउन्सीलमा दर्ता भएको नम्बर, नाम र चिकित्सकको दस्तखत भएको प्रमाणपत्र ल्याएर आउनेको काम रोक्न मिलेन,” उहाँले भन्नुभयो “कहाँबाट कसरी निरोगिताको प्रमाणपत्र ल्याउँछन् त्यो हामीलाई जानकारी हुदैन् ।”

हालै नयाँ भवनमा सरेकाले कार्यालयको संरचना र ब्यवस्थापनमा सुधार गर्न बाँकी रहेको बताउदै थापाले सक्षम सेवाग्राहीले कसैको सहयोग बिना आफै आवेदन फारम भरेर सेवा लिन पाउने ब्यवस्था मिलाएको बताउनुभयो । सवारीचालक अनुमतिपत्र, सवारी धनी पुर्जा नबिकरण लगायतको काम अनलाइनको माध्यमबाट शुरु गराउन लागिएको कार्यालय प्रमुख थापाले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...