संसदीय टोलीद्धारा बेनी–जोमसोम–कोरला सडक अनुगमन

Add Samajik bikash office

बेनी । राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय उपसमितिको टोलीले उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडकको अनुगमन गरेको छ ।

उपसमितिका सभापति अनिता देवकोटा, सदस्य नारायणकाजी श्रेष्ठ र इन्दीरादेवी गौतम सहित सचिवालयका दुई जना कर्मचारीको टोलीले म्याग्दीको उत्तरी क्षेत्र हुदै चिनको सिमानामा रहेको कोरला नाका जोड्ने १८६ किलोमिटर दुरीको सडक निर्माण अवस्थाको बारेमा जानकारी लिएको हो ।

संसदीय टोलीले स्थलगत निरिक्षणका साथै आयोजनाका अधिकारी, जनप्रतिनिधी, स्थानीयबासीसँग छलफल र निर्माण ब्यवसायी तथा प्राबिधिकहरुलाई निर्देशन दिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताउनुभयो ।

Shreekrishna hardwear in news

अनुगमनपछि राष्ट्रियसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले २५ किलोमिटर दुरीको चराङ–छोसेर खण्डको सडक निर्माणमा भएको ढिलाईका बारेमा ध्यानाकर्षण भएको र सम्बन्धित निर्माण ब्यवसायीलाई तिब्रता दिन निर्देशन दिएको बताउनुभयो ।

Bhautik ministry notice about road

“चीनले गरेको तयारीले हामीलाई सडक, भन्सार लगायत पुर्बाधार निर्माणलाई तिब्रता दिन दबाव परेको छ,” उहाँले भन्नुभयो “कोरला नाकामा पुर्बाधार निर्माण र सुरक्षा उपस्थिति बढाएर नाका सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ ।”

टोलीले कोरला नाका देखि १३ किलोमिटर नेपालतर्फ छोसेरमा रहेको सिमा सुरक्षा पोष्टलाई नाकाको नजिकै स्थानान्तरण गर्न सरकार, गृह, परराष्ट्र मन्त्रालयमा प्रस्ताव गर्ने बताउनुभयो । बिहिबार जोमसोम हुदै कोरला नाकासम्म पुगेर फर्किएको टोलीले शुक्रबार जोमसोम देखि लेतेसम्म निर्माणाधिन सडक अवलोकन गरेको थियो ।

आयोजना प्रमुख प्रजापतिले जोमसोम–कोरला खण्डको ७ वटा मध्य ६ वटा प्याकेज निर्माण सकिएको, जोमसोम–कागबेनी सडक कालोपत्रे हुन लागेको, बेनी–जोमसोम सडकको तेस्रो प्याकेज कैकुखोला–खन्ती खण्ड कालोपत्रे अन्तिम चरणमा रहेको र तीन वटा प्याकेजको काम भइरहेको जानकारी गराउनुभएको थियो ।

उपसमिति सभापति देवकोटाले राष्ट्रिय सरोकार तथा समन्वय समितिअन्तर्गत राष्ट्रिय गौरवको आयोजनाको अनुगमन गर्ने शिलशिलामा मुस्ताङ आएको बताउनुभयो । “जामसोम–कोरला सडक स्तरोन्नति सन्तोषजनक भएपनि केही समस्या देखियो,” उहाँले भन्नुभयो “जोमसोम–कोरला सडकको २५ किमी सडक ठेकेदार कम्पनीका कारण अलपत्र परेको र त्यसलाई कडाइका साथ अघि बढाउन निर्देशन दिएका छौ ।”

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...