बेनी–जोमसोम सडकको पहिरोग्रस्त काभ्रेमा डाइभर्सन सडक बनाइदै

Gandaki Pardesh notice

काभ्रे । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोग्रस्त क्षेत्रमा डाइभर्सन (बैकल्पिक) सडक बनाउन लागिएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले कालीगण्डकीले कटान गरेर पहिरो जाँदा भासिएको ठाउँमा बैकल्पिक सडक बनाउन लागेको हो । काभ्रेको पहिरोग्रस्त क्षेत्रमा बिहिबारदेखि शुरु भएको बैकल्पिक सडक निर्माण कार्य शनिबार सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख जगत प्रजापतिले यसअघि बनाइएको सडक भासिएर साँघुरिदा सवारी साधन आवत जावत प्रभावित र दुर्घटनाको जोखिम बढेकाले नयाँ ट्याक खोलेर डाइभर्सन बनाउन लागिएको बताउनुभयो । करिब २०० मिटर नयाँ मार्ग खोलेर डाइभर्सन बनाउन लागिएको छ ।
ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको दुई वटा स्काभेटर र एक वटा ब्याकुहोलोडर परिचालन भएको हो । यातायात ब्यवस्थापन र सुरक्षाका लागि दाना र भुरुङ तातोपानीबाट चार जना प्रहरी खटिएका छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

भासिएको भन्दा माथितर्फ नयाँ सडक निर्माण भएपछि साघुरो र उकालो सडकमा गाडी फसेर यात्रु घण्टौ जाम बस्नुपर्ने समस्या हट्ने बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो ।

दैनिक दश घण्टा आवत जावत बन्द गरेर बैकल्पिक सडक निर्माण भइरहेको छ । काभ्रे खण्डमा बैकल्पिक सडक बनेपछि बेनी–जोमसोम सडकमा यातायात सञ्चालन सहज हुने जनाइएको छ । जाम र सडक अवरुद्ध हुँदा स्थानीयबासीका साथै मुस्ताङ जाने आउने पर्यटक र भक्तजनलाई सास्ती भएको छ ।

स्तरोन्नतिको क्रममा रहेको ७६ किलोमिटर दुरीको सडकको अन्य ठाउँमा सहज रुपमा सवारी आवत जावत भइरहेका छन् । आगामी चैत महिनाभित्र कालोपत्रे गरिसक्ने लक्ष्य सहित निर्माण ब्यवसायीलाई काममा परिचालन हुन निर्देशन दिएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...