बेनी जोमसोम सडकमा संकटका सेवक इन्द्रसिङ

Gandaki Pardesh notice

दाना । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक चार वर्षदेखि स्तरोन्नतिको क्रममा छ ।

तिर्थयात्री, पर्यटक र स्थानीयबासी आवत जावत गर्ने यो सडक पहिरो, कटान र बाढीले दैनिकजसो अवरुद्ध हुने गर्छ । म्याग्दीको गलेश्वर देखि मुस्ताङको लेते सम्मको खण्डमा जोखिम, कष्ट र झञ्जटपुर्ण यात्रा गर्नुपर्छ ।

साँघुरो सडकको बिचमा गाडी फसेर आवत जावत बन्द हुने समस्या पनि उत्तिकै छ । म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको हिउँदयामको यात्रा समेत सहज छैन् ।

Shreekrishna hardwear in news

सकसपुर्ण बेनी–जोमसोम सडकको यात्रालाई सहज बनाउन र अबरोध हटाउन रात, दिन, झरी, बर्खा, धुलो, हिलोको प्रवाह नगरी खटिरहेका हुन्छन् ५० वर्षीय इन्द्रसिंह शेरचन । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर शेरचनको खटाइले संकटका सेवकको पहिचान बनाउनु भएको छ ।

“मैले जागिरेको भावना राखेर रातदिन खटेर समन्वय नगर्ने हो भने एकै दिनमा तीन÷चार ठाउँमा भएको अवरोध हटाएर यात्रुलाई गन्तब्यमा पु¥याउन सम्भव हुदैन,” शेरचन भन्नुहुन्छ “काम गर्दा गर्दै कति दिन बाटोमै भोकै सुत्नुपरेको छ । आफै पर्खाल लगाउने, बेल्चाले पहिरो पन्छाउने, गाडी तान्ने गर्नुपर्छ ।”

बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा हुने दुर्घटना, अबरोध र विपद्का घटनाको प्राय सूचना पहिलोपटक शेरचनसँग पुग्छ । प्रहरी, प्रशासन, जनप्रतिनिधी, सञ्चारकर्मी, आयोजना र निर्माण ब्यवसायीलाई सूचना दिने शेरचनलाई सम्बन्धित ठाउँमा नपुगी मनले मान्दैन् ।

Bhautik ministry notice about road

“बाढी पहिरो तथा अन्य बिपद्का घटना भए अग्रपंक्तिमा पुग्न इन्द्रसिङलाई कसैले पठाउन पर्दैन,” अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले भन्नुभयो “समाजका जो कसैलाई पनि अप्ठेरो परको ठाउँमा पुग्नु उहाँको बिशेषता हो ।”

इन्द्रसिंहको सक्रियता र समन्वयकारी भूमिकाले बेनी–जोमसोम सडकमा हुने अवरोध हटाउन, बिपद् ब्यवस्थापन र दुर्घटना न्युनीकरणमा सहयोग पुगेको पुनले बताउनुभयो । गत बर्ष काभ्रेभिर र रुप्से खण्डमा पहिरो गएर फसेका तीन हजार जना भन्दा बढी यात्रुलाई पिठ्युमा बोकेर सडक पार गराएका शेरचनलाई संबिधान दिवसमा बिभुषित गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङले गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

२०७६ माघ १६ गते अन्नपूर्ण गाउँपालिकाको खोपाराबाट नारच्याङ जाने क्रममा हराएका चार जना नेपाली पदयात्रीको खोजीका लागि शेरचनले स्थानीयबासीको नेतृत्व गर्नुभएको थियो । धवलागिरी आधार शिविरमा हराएका पर्यटक खोज्ने कामको पनि अगुवाई गरेका शेरचनले धवलागिरी र अन्नपूर्ण आधार शिविर जाने पर्यटक तथा उनिहरुको सामग्री पु¥याउन समन्वय गर्नुहुन्छ ।

बेनी–जोमसोम सडक अबरुद्ध हुँदा गत साउनमा शेरचनले पिठ्युमै बोकेर पहिरो पार गराएर कोरोना भाइरस बिरुद्धको भ्याक्सिन मुस्ताङमा समयमै पु¥याउन सहयोग गर्नुभएको थियो । बि.स. २०७३ असोजमा काभ्रेभिरमा १४ जनाको ज्यान जाने गरि भएको जिप दुर्घटनाका घाइतेको उद्धार र मृतकको शव सडक सम्म ल्याउन शेरचनले सुरक्षाकर्मीहरुलाई सघाउनुभएको थियो ।

मुस्ताङको थासाङ गाउँपालिका–२, नाउरीकोटमा जन्मिएका शेरचनको बसोबास हाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा छ । बेनी–जोमसोम सडकको मार्ग खुलेपछि बि.स. २०६३ मा बेनीमा आएर २०७१ सम्म कालीपुलमा “मुस्ताङ लेते होटल” सञ्चालन गरेका शेरचन २०७३ मा पोखराको लेकसाइडमा सर्नुभएको थियो ।

बि.स. २०७४ देखि शेरचनका परिवारले दानामा होटल ब्यवसाय गरिरहेका छन् । उहाँले होटलमा काम गर्ने श्रमिकका पाँच जना बालबालिकालाई पठनपाठनको ब्यवस्था मिलाउनु भएको छ । शेरचनकी श्रीमति सुनिताले चलाएको होटलमा आठ जनाले रोजगारी पाएका छन् । “मुस्ताङ लेते होटल एण्ड रेष्टुरेन्ट” शेरचनको ब्राण्ड जस्तै छ । बिवाह गरिसकेका दुई जना छोरा र छोरी पोखरामा पर्यटन ब्यवसाय गर्छन् । एउटी छोरी पोखरामा पढ्दैछिन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...