तरुण दल म्याग्दीद्धारा शैक्षिक सामग्री बितरण

Gandaki Pardesh notice

बेनी । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल म्याग्दीले ६८ औ स्थापना दिवसको अवसरमा बुधबार शैक्षिक सामाग्री वितरण गरेको छ ।

Bhautik ministry notice about road

बेनी नगरपालिका–८ कालिपुलमा रहेको बालमिन्दर आधारभूत विद्यालयका विद्यार्थीलाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरेर तरुण दल म्याग्दीले स्थापना दिवस मनाएको हो । १७५ जना विद्यार्थीलाई एक÷एक कापी, कलम र विद्यालयलाई एक÷एक थान भलिबल, फुटबल, जाली र घडी लगायत रु. १२ हजार बराबरको सामाग्री वितरण गरिएको तरुण दलका उपाध्यक्ष बिश्वास श्रेष्ठले जानकारी दिनुभयो ।

शैक्षिक सामग्री बितरण गर्दै तरुण दल म्याग्दीका अध्यक्ष मुकुन्द छन्त्यालले देशको परिवर्तन संगै शैक्षिक क्षेत्रको विकासका लागि योगदान पु¥याउदै आएको बताउनुभयो । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष मनबहादुर चर्मकारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष हिरा पुनले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...