एमाले धवलागिरीको अध्यक्षमा होमबहादुर थापा

Gandaki Pardesh notice

मुना । नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटिको अध्यक्षमा होमबहादुर थापा निर्वाचित हुनुभएको छ ।

मुनामा मंगलबार सम्पन्न प्रथम पालिका अधिवेशनबाट थापाको अध्यक्षतामा ५१ सदस्यीय एमालेको पालिका कमिटि सर्बसम्मत चयन भएको हो ।

उपाध्यक्षमा राजाराम सुबेदी, सचिबमा रेशम छन्त्याल, उपसचिबमा बिजय घर्ती र तिलक पुन चयन हुनुभएको अनेरास्ववीयुका नेता इश्वर सुबेदीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

बिजयी पदाधीकारी तथा सदस्यहरुलाई एमालेका प्रदेश कमिटि सदस्य खुमबहादुर बानिया, जिल्ला कमिटि सचिवालय सदस्य तथा गाउँपालिका अध्यक्ष थमसरा पुन लगायतले प्रमाणपत्र बितरण र सपथग्रहण गराउनुभएको थियो ।

Bhautik ministry notice about road

धवलागिरीको २ देखि ७ नम्बर वडामा क्रमश ः बलबहादुर बिक, बिष्णु भण्डारी, गणेश घर्ती, धनबहादुर दर्जी, ज्ञानबहादुर गर्बुजा र कलानिधी शर्माको अध्यक्षतामा वडा कमिटि चयन भएको छ । १ नम्बर वडामा कमिटि गर्न बाँकी छ ।

एमालेको दशौ अधिवेशन अन्तरगत मालिका गाउँपालिकामा बेगप्रसाद गर्बुजा, मंगलामा सतप्रसाद रोका र रघुगंगामा दिपक कार्कीको अध्यक्षतामा पालिका कमिटि गठन भएको छ । बेनी नगर कमिटिको अध्यक्षमा राजकुमार थापा, नारायण जिसी र चन्द्रकुमार केसीले दाबी गर्नुभएको छ ।

सर्वसम्मत नेतृत्व चयनको प्रयासका लागि बुधबार बिहान १० बजेसम्मका लागि बेनी नगर कमिटिको अधिवेशन स्थगित भएको छ । गाउँपालिका कमिटिका अध्यक्ष बिरामी भएर काठमाडौमा भएकाले अन्नपूर्ण गाउँपालिकाको अधिवेशनको मिति तय भएको छैन् ।

म्याग्दीका ६ वटा स्थानीय तहका ४५ मध्य धवलागिरी १ गुर्जा, अन्नपूर्ण २ भुरुङ तातोपानी र ४ नारच्याङको वडामा नेतृत्व चयन गर्न बाँकी छ । हालसम्म निर्बाचित ४२ मध्य अन्नपूर्ण–८ राम्चेकी देउकुमारी खोरजा एमालेकी एक्ली वडा कमिटि अध्यक्ष हुनुहुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...