जिल्ला प्रशासन कार्यालय म्याग्दीमा टोकन प्रणाली शुरु

Gandaki Pardesh notice

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले सोमबारदेखि टोकन प्रणाली शुरु गरेको छ ।

सेवा प्रवाहलाई ब्यवस्थित बनाउन र भिड ब्यवस्थापनका लागि टोकन प्रणाली शुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले सेवाग्राहीको चाप बढेपछि सेवाप्रवाहलाई ब्यवस्थित बनाउन टोकन प्रणाली लागू गरेको जानकारी दिनुभयो ।

नागरिकता बितरण सम्बन्धी सेवामा परिक्षण गरिएको टोकण प्रणालीको प्रभावकारिता र सेवाग्राहीको प्रतिक्रिया अनुसार अन्य सेवामा पनि लागू गर्ने योजना रहेको प्रजिअ रानाको भनाई छ ।

Shreekrishna hardwear in news

यसैगरी सेवा लिने प्रक्रियालाई पनि सहज बनाएको छ । तीन वटा झ्यालमा पुग्नुपर्ने काम एकै ठाउँबाट हुने ब्यवस्था मिलाइएको प्रजिअ रानाले बताउनुभयो । प्रशासनले सेवाग्राहीको सहजताका लागि सहायता कक्ष समेत बनाएको छ ।

Bhautik ministry notice about road

कार्यालयमा पुग्ने बित्तिकै सहायता कक्षमा आवश्यक कागजात र प्रक्रिया पुगे नपुगेको परिक्षण गरेपछि टोकन दिनेछन् । पहिला कार्यालयमा पुग्ने सेवाग्राहीको छिटो काम हुन थालेको छ । छिटो काम गराउनका लागि भनसुन गर्नुपर्ने बाध्यता हटेको छ । सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा हुने भिड पनि कम भएको छ ।

चाडपर्वको समयमा जन्मथलोमा आएकाहरुले नागरिकता र प्रतिलिपी बनाउने भएकाले दशै र तिहारको बिचको समयमा हरेक बर्ष प्रशासनमा सेवाग्राहीको भिड लाग्ने गर्छ । अर्कोतर्फ उच्च शिक्षा अध्ययन गर्न क्याम्पस भर्ना हुने तथा बिदेश जान, रोजगारीका लागि पनि नागरिकता बनाउन यही समयमा बढी सेवाग्राही आउने गर्छन् ।

सामान्य अवस्थामा दैनिक ३० देखि चालिस वटा नागरिकता हुने गर्दथ्यो । अहिले दैनिक एक सय जनाको हाराहारीमा सेवाग्राही नागरिकता बनाउन आएका कर्मचारीहरुले बताएका छन् । जिल्लामै प्रिन्ट गरेर बितरण शुरु नहुँदा सम्मका लागि राहदानी सम्बन्धी सेवामा पनि टोकन प्रणाली लागु गर्ने प्रशासनको योजना छ ।

कागजमा प्रिन्ट गरेर कुपन दिने गरिएकोमा स्रोतको ब्यवस्थापन गरेर बिद्युतीय उपकरण जडान गर्न पहल गर्ने प्रजिअ रानाले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...