लोमान्थाङ र लोघेकर दामोदरकुण्डका सबै वडामा एमालेको नेतृत्व चयन

Gandaki Pardesh notice

जोमसोम । मुस्ताङको लोमान्थाङ र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका सबै वडामा नेकपा एमालेको वडा अधिवेशन भएको छ ।

अधिवेशनबाट सर्वसम्मत रुपमा वडाको नेतृत्व चयन भएको छ । अधिवेशनले एमाले लोमान्थाङको अध्यक्षमा निमा डिण्डु गुरुङ (मोटे) लाई सर्वसम्मत चयन गरेको छ । वडा १ मा लाक्पा टसी, वडा २ मा कर्मा नाम्ग्याल गुरुङ,वडा ३ मा टासी नर्बु,वडा ४ मा आङ्गेल गुरुङ र ५ मा छिमी घोम्पो वडा अध्यक्ष चयन हुनुभएको छ ।

वडा न. १ देखि ५ सम्म क्रमश ः आङग्या गुरुङ, डवाङ गुरुङ, पेमा छिरिङ गुरुङ, जिक्मी ओङदी बिष्ट र सम्तेन धोर्चे गुरुङ वडा अध्यक्षमा चयन हुनुभएको छ । एमाले मुस्ताङको वडास्तरीय अधिवेशनले तिव्रता पाएको पाएको छ ।

Shreekrishna hardwear in news

अधिवेशनको क्रममा नेपाली काँग्रेसबाट निर्बाचित वडा न. ५ का वडा अध्यक्ष छेटुक गुरुङ सहित पालिकाका ५२ जना एमालेमा प्रबेश गरेका छन् । वडा तथा पालिका अधिवेशनमा एमालेका प्रदेश कमिटि सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले नेपालमा कम्युनिष्ट पार्टी फुटाउन देशी–विदेशी शक्ति लागि परेको बताउनुभयो ।

Bhautik ministry notice about road

सांसद तुलाचनले पार्टीमा अस्थिरता सृजना भएपछि संसद विघटन गर्नु परेको र सो कदम उपयुक्त भएको जनाउनुभयो । भारतीय नाकाबन्दीपछि ओलीकै कारण उत्तरी चिन जोड्ने बृहत बेनी–जोमसोम–कोरला सडक आयोजना सुरु भएको दावी गर्नुभयो ।

दक्षिणको भर नपरी उत्तरका नाका पनि खुलाउन पर्छ भन्ने मान्यतासहित तत्कालीन विकास समितिले पेश गरेको प्रतिवेदनका आधारमा ओली सरकारकै पालाका कोरला सडकलाई ६ अर्बभन्दा बढी बजेट बिनियोजन भएको सांसद तुलाचनको भनाई छ ।

सांसद तुलाचनले मुस्ताङमा २०४८ सालदेखि २०७८ सालसम्म कस–कसको पालामा के–के प्रगती भयो यसको मूल्यांकन जनताले गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले आफू निर्वाचित भएपछि मुस्ताङमा दर्जनौं विकास आयोजना सुरु भएको दावी गर्नुभयो ।

‘म २०७४ अघि कांग्रेसमा रहेको थिए, कांग्रेसमा एकाधिकार, परिवारवाद र सामन्तवादी सोच हावी भयो, सांसद तुलाचनले भन्नुभयो ,‘कांग्रेसमा देखिएको नातावाद र कृपावादका कारण हावी भएकै कारण आफूहरु त्यस समयमा एमालेमा प्रवेश गरेको र एमालेमा गरिएको प्रवेश सही निर्णय र उपयुक्त थियो ।’ सांसद तुलाचनले मुलुकमा समृद्धि र विकास ल्याउन एमाले बाहेक कसैले नसक्ने दावी गर्नुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...