रघुगंगामा २५ घर भत्किए

Gandaki Pardesh notice

बेनी । हालै बाहिरिएको यस वर्षको मनसुनका समयमा भएको बिपद्जन्य घटनाबाट म्याग्दीको रघुगंगा गाउँपालिकामा २५ वटा घर भत्किएका छन् ।

पहिरो, बाढी, कटानका कारण घरबास गुमाएकाहरुलाई तत्काल रु. चार लाख ७० हजार राहत नगद बितरण गरेको गाउँपालिकाले उनिहरुको निजी आवास पुननिर्माणका लागि संघीय र प्रदेश सरकारसँग साझेदारी गर्ने जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले मनसुनजन्य बिपद्बाट क्षति भएका निजी घरको लगत संकलन गरेर पुनःनिर्माणका लागि जिल्ला विपद् ब्यवस्थापन समितिमा सिफारिस गरिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

“सबै घरको जनप्रतिनिधी, प्राबिधिक र प्रहरीको टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पारि प्रशासनमा सिफारिस गरेका छौ,” उहाँले भन्नुभयो “पालिका, प्रदेस र संघीय सरकारको साझेदारीमा पहिरो पिडितको निजी आवास पुनःनिर्माण प्रक्रिया अघि बढाएका छौ ।”

वडा नम्बर १ बेगमा ३, वडा नम्बर २ भगवतिमा ६, वडा नम्बर ३ पिप्लेमा ९, वडा नम्बर ४ दग्नाममा ५, वडा न. ५ झिँ र ८ नम्बर वडा कुइनेमंगलेमा १÷१ वटा घरमा क्षति पुगेको छ । पूर्ण क्षति भएका १० वटा घरलाई रु. २५ हजार, आंशिक क्षति भएका १४ घरलाई रु. १५ हजार र सामान्य क्षति भएका एक घरलाई रु. दश हजारका दरले रु. चार लाख सत्तरी हजार राहत बितरण गरेको छ ।

गत २०७७ को बर्षातमा क्षति पुगेका रघुगंगाका १७ वटा मध्य चार वटा म्याग्दी प्रवासी नेपाली संघ मोनाले पुननिर्माण गरेर हस्तान्तरण गरिसकेको छ । बाँकी १३ वटा घरलाई रु. पाँच लाखका दरले अनुदान उपलब्ध गराउने सम्झौता गरि पुननिर्माण शुरु गरेका छन् । गाउँपालिकाले उपलब्ध गराउने दश प्रतिशतले हुन आउने रु. पचास हजारका दरले सबै पिडितको खातामा पठाइसकेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...